मुख्य समाचार
धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की | सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनद्वारा दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न अपिल | सुनसरीको देवानगञ्ज घटना: संयमता अपनाउन सरकारको अपिल | एमाले कमजोर हुँदा राष्ट्रियता र स्वाभिमानमा आँच आउँछ : सचिव विश्वकर्मा | लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा | पूर्वी जिल्लाको घटनाप्रति रास्वपाको ध्यानाकर्षण, शान्ति र सद्भाव कायम राख्न अपिल | मोरङमा डिजे प्रयोगमा पूर्ण रोक, उल्लंघन गरे कानुनबमोजिम कारबाही हुने |

प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा भगवती पाण्डे

Ujyalosandeshonline 11839+ समाचार ( )
२९ माघ २०८१, मङ्गलबार

भैरहवा । प्रेस चौतारी नेपाल, रुपन्देहीको २६ औं साधारण सभा तथा ८ औं अधिवेशन सम्पन्न भएको छ । बुटवलमा भएको साधारण सभा तथा अधिवेशनले भगवती पाण्डेको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

यसअघि पाण्डेले उपाध्यक्ष को जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।चौतारीको रुपन्देही जिल्ला उपाध्यक्षमा केशव भण्डारी, उपाध्यक्ष (महिला) मा वसन्ती आचार्य (छायाँ पन्थ), सचिवमा विष्णु घिमिरे, सह–सचिव (खुल्ला) मा प्रतीक पौडेल, सह–सचिव (समावेशी) मा सत्यनारायण मानन्धर र कोषाध्यक्षमा एलिना आचार्य रहेका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा प्रतिमा गौतम, रमेश पराजुली, दिनेश घिमिरे, सुशीला पोखरेल, अस्मिता अधिकारी, पोषकान्त पोखरेल, दिनेश लोध, जयप्रकाश राय, रोहित ढकाल, महेश घिमिरे (केदार), प्रेरणा केसी, इन्द्रबहादुर खत्री, विष्णु भट्टराई, भुवन आचार्य, हरिलाल बस्याल र शिशिर पाण्डे रहेको केन्द्रीय आयोगका अध्यक्ष गणेश खनालले बताए ।त्यस्तै केन्द्रीय प्रतिनिधिमा भरत केसी, दिनेश पाण्डे, रामप्रसाद आचार्य, नरेश केसी, लक्ष्मण पौडेल, निरु गौतम र अर्जुन श्रेष्ठ रहेको निर्वाचन समिति सदस्य नविन के.सी.ले बताए ।

त्यस्तै प्रदेश परिषद् सदस्यमा वी.पी. गौतम, रबिन्द्र प्रताप गुप्ता, राजकुमार धवल, दीपक न्यौपाने, मन बहादुर क्षेत्री (मनोज), सुमित्रा चापागाईं र प्रकाश आचार्य रहेका छन् । नवनिर्वाचित अध्यक्ष पाण्डेले आफूलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्ने प्रेस चौतारीको टीमप्रति आभार व्यक्त गरिन् । उनले विश्वास टुट्न नदिने प्रतिवद्धता व्यक्त गरिन् ।

साधारण सभा तथा अधिवेशनको प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गरेका थिए । त्यस्तै निवर्तमान अध्यक्ष लक्ष्मण पौडेलले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । निर्वाचन मण्डलका संयोजक डी.आर. घिमिरेले नवनिर्वाचित कार्यसमितिले अझ रचनात्मक कार्य गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार