मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

आभूषण महासंघको अध्यक्षमा किसान, महासचिवमा विमल

Ujyalosandeshonline 12548+ समाचार ( )
४ चैत्र २०८०, आइतबार

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको केन्द्रीय अध्यक्षमा कास्कीका किसान सुनार सर्वसम्मत निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १० औं अधिवेशनबाट युवा व्यवसायी सुनार सर्वसम्मत निर्वाचित भएका हुन् । समितिको प्रथम उपाध्यक्षमा द्धारिका विश्वकर्मा, द्धितीय उपाध्यक्षमा सुधीर अग्रवाल सर्वसम्मत निर्वाचित भएका छन् । 

मुख्य तीन पद सर्वसम्मत भएपनि अन्य पदका लागि भने निर्वाचन भएको थियो । निर्वाचनको नतिजाअनुसार तृतीय उपाध्यक्षमा प्रेमबहादुर खाती १७५ मतले विजयी भए । यस्तै महासचिवमा विमल धमला (निरबहादुर विक) १५५ मत प्राप्त गर्दै निर्वाचित भए । सचिवमा केशरबहादुर विक (२००), सचिव पृथ्वी विश्वकर्मा (१६६), कोषाध्यक्ष गणेशप्रसाद विश्वकर्मा (१८६)र सहकोषाध्यक्ष दीपक धनुके (१५७) मतसहित निर्वाचित भए । 

यस्तै कार्यसमिति सदस्यमा वृद्धिबहादुर विक, भूपेन विक, उमेश गहतराज, कुमार विश्वकर्मा, जगतबहादुर सुनार, राजेन्द्र विश्वकर्मा, केशवबहादुर सुनार, सोमबहादुर विक, कमलप्रसाद लामिछाने, त्रिलोचन  विश्वकर्मा, किशोर सेन्चुरी, मानबहादुर सुनार, सूर्यकुमार बराल, सुरथबहादुर सुनार, हेमसागर गहतराज (सुनार), उमेशप्रसाद शाह, निरंजनकुमार शाह, प्रेमकुमार स्वर्णकार र विद्यासागर ताम्राकार निर्वाचित भए ।

अधिवेशनमा महासंघमा आबद्ध ३२ संस्थाका कुल ३८४ प्रतिनिधिको सहभागिता थियो । यस्तै महिला सदस्यमा सुलोचना सापकोटा, दाना हमाल, लोप्साङ छोडेन शेर्पा, प्रदेश सदस्य (पदेन)मा देवीकृष्ण पाण्डेय र रामबहादुर विक सर्वसम्मत निर्वाचित भए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार