मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

वीरगञ्ज झडप : कफ्र्यु आदेश जारी

Ujyalosandeshonline 12441+ समाचार ( )
२९ चैत्र २०८१, शनिबार

रौतहट । पर्साको वीरगञ्जमा दुई पक्ष बिचको झडपले स्थिति तनावग्रस्त बनेपछि प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकपछी वीरगञ्जका विभिन्न क्षेत्रमा प्रशासनले कफ्र्यु  आदेश जारी गरेको हो । 

जिल्ला प्रशासन कार्यालयले जारी गरेको कफ्र्यु आदेशमा आज साँझ ६ः३० बजे देखि भोलि दिनको १२ बजे सम्म रहने उल्लेख छ । पुर्वमा भेडियाहि चोक, पश्चिममा सिर्सया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट सम्म कफ्र्यु आदेश जारी गरेको छ । 

सो सिमाना भित्र कसैलाई आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदशन, सभा, बैठक, घेराउ लगायत गर्न नपाउने गरि कफ्र्यु आदेश जारी गरेको पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले जानकारी दिए । उनका अनुसार स्थानीय प्रशासन ऐन ,२०२८ को दफा ६ (क) बमोजिम कफ्र्यु आदेश जारी गरेको हो । हनुमानको जन्मजयन्तीको अवसरमा निस्केको शोभा यात्रा छपकैयाको इदगाह चोकमा पुगेपछी झडप भएको हो ।

उक्त शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि दुबै पक्ष बिच झडपमा भएको बताइएको छ  । झडपमा परेर स्थानीय र प्रहरीसमेत घाइते भएका छन् । उनीहरूको अहिले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार