मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

देशका लागि आवश्यक मुद्दाहरुमा सहमति आवश्यक

Ujyalosandeshonline 12321+ समाचार ( )
१ असार २०८१, शुक्रबार

काठमाडौं । परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकास र समृद्धिका लागि आवश्यक न्यूनतम मुद्दाहरुमा सहमति कायम गर्नुपर्ने बताएका छन् । 

डीआर पौडेलको पाँचौ स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले एक अर्काको विरोध गर्ने प्रवृत्तिले देश विकास नहुने भन्दै राष्ट्रियताको सवालमा परराष्ट्र नीति, सम्बन्ध र सेवाका बारेमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताए । 

उनले भने, ‘एक अर्काको विरोध गर्ने प्रवृत्तिले देश विकास हुँदैन, न्यूनतम सहमति कायम गरौं मेरो सबैलाई अपील छ । कम्तीमा राष्ट्रियताको सवालमा परराष्ट्र नीति, सम्बन्ध र सेवाका बारेमा राष्ट्रिय सहमति कायम गरौं । नेपालको विकास र समृद्धि आजको प्रमुख कार्यभार हो भने त्यसको लागि आवश्यक न्यूनतम मुद्दाहरुमा सहमति कायम गरे मात्र देश बन्छ ।’  

उनले शान्ति प्रक्रियाको बाँकी कार्यभारलाई पूरा गरेर दिगो शान्ति स्थापित गर्नुपर्ने भन्दै त्यसको लागि पनि राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताए । 

उनले भने, ‘हामीले संक्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी छ, अथवा सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगको कामहरु पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा पूरा गर्न जरुरी छ । यो कामलाई अब बाँकी राख्नु हुँदैन । राष्ट्रिय सहमति कायम गरेर हामीले शान्ति प्रक्रियाको बाँकी कार्यभारलाई पूरा गरेर दिगो शान्ति स्थापित गर्ने काम गर्नुपर्छ ।’ 

भूराजनीतिक संवेदनशीलताका चुनौतीहरुको बीचमा सम्भावना समातेर अगाडि बढ्नु पनि आजको राष्ट्रिय कार्यभार भएको पनि उनको भनाइ छ । 

उनले भने, ‘नेपालको भूराजनीतिक अवस्थाको कारणले देखा परेको भूराजनीतिक संवेदनशीलताका चुनौतीहरुको बीचमा हाम्रो राष्ट्रिय सार्वभौमिकता, स्वाधीनताको रक्षा गर्नु त्यति सहज छैन । एकातिर सम्भावनाहरु पनि छन् तर चुनौती पनि गम्भीर छन् । त्यसकारण त्यो चुनौतीहरुलाई चिर्दै सम्भावना समातेर अगाडि बढ्नु आजको हाम्रो पहिलो राष्ट्रिय कार्यभार हो । त्यसमा हामीले ध्यान दिनुपर्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार