मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

ई–स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असारमा

Ujyalosandeshonline 10783+ समाचार ( )
२५ जेठ २०८१, शुक्रबार

काठमाडौं । ई–स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असारको दोस्रो साता कर्णाली प्रदेशको सुर्खेतमा हुने भएको छ । ई–स्पोर्ट्स संघ नेपालको आयोजनामा राष्ट्रिय च्याम्पियनसिप असार १४ र १५ गते  हुने भएको हो ।

संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । ई–स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिपमा पब्जी मोबाइल, मोबाइल लिजेण्ड्स र ई–फुटबल गरि तीन विधाका खेललाई समावेश गरिएको छ । 

पब्जी मोबाइलको छनोट अनलाइनमार्फत हुने र अन्तिम १६ को फाइनल राउण्ड भौतिक रुपमा गरिने जानकारी दिइएको छ । मोबाइल लिजेण्डका सबै खेल अनलाइन र ई–फुटबलको प्रारम्भिक छनोट अनलाइन, सेमिफाइनल र फाइनल प्रतिस्पर्धा भौतिक रुपमा सञ्चालन गरिने संघले जनाएको छ ।

संघका अध्यक्ष अन्जन धमलाले नेपालमा बढ्दो लोकप्रियता, अन्तर्राष्ट्रिय सम्भावना र लगानीको प्रतिफलका हिसाबले तीन खेललाई प्राथमिकतामा राखेर राष्ट्रिय च्याम्पियनसिपमा समावेश गरिएको जानकारी दिए ।

प्रतियोगितामा पुरस्कारको कुल राशि १२ लाख रुपैयाँ छ । प्राइज पुलको ७० प्रतिशत  पब्जी मोबाइलमा, २० प्रतिशत पुरस्कार एमएलबीबी र १० प्रतिशत पुरस्कार ई–फुटबलमा बाँडिनेछ । तीन वटै खेल विधाका विजेताले आसन्न एसियन ई–स्पोर्ट्स च्याम्पियनसिपको नेपाल छनोटको फाइनल चरणमा स्थान सुरक्षित गर्ने बताइएको छ ।

टिम दर्ता शुक्रबारबाटै खुल्ला गरिएको छ भने प्रतियोगितामा प्रदेश र क्लब गरि तीन सय बढी टिमले छनोट चरणबाट भाग लिने संघले जनाएको छ ।

संघको वेबसाइटमा गएर टिम दर्ता गर्न सकिने र भौतिक रुपमा समेत टिम दर्ताको सुविधा राखिएको संघका सचिव आशिष दाहालले बताए ।

अनलाइन छनोट असार ४ देखि १० गतेसम्म र भौतिक रुपमा अन्तिम चरणका खेल असार १४ र १५ गते सुर्खेतमा हुनेछ । प्रतियोगितामा १६ वर्षमाथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् ।

संघका अध्यक्ष धमलाले आधुनिक खेल विधाको रुपमा अन्तर्राष्ट्रिय रुपमा उदाएको ई–स्पोर्ट्सलाई विश्व जगतमा प्रतिस्पर्धात्मक खेलको रुपमा विकास गर्ने लक्ष्यसहित आफूहरु अघि बढेको जानकारी गराए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार