मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

मन्त्रालयले किसान सूचिकरण प्रक्रियालाई अगाडि बढाउँदैछ : अधिकारी

Ujyalosandeshonline 12437+ समाचार ( )
२१ वैशाख २०८२, आइतबार

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले केही समयभित्र किसान सूचिकरण प्रक्रियालाई अगाडि बढाउने काम गरिरहेको बताएका छन् । आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै उनले मन्त्रालयले  दिएको कृषि अनुदान लापरवाही कतिपय ठाउँमा भयो, कति ठाउँमा काम भयो भन्ने विषयमा पाँच सदस्यीय समिति गठन गरेर जिम्मेवारी दिएको समेत बताएका हुन् ।

उनले भने, ‘केही समयभित्र किसान सूचिकरण प्रक्रियालाई अगाडि बढाउने काम पनि गरेका छौं । दिएको अनुदान लापरवाही कतिपय ठाउँमा भयो, कति ठाउँमा काम भयो भन्ने  विषयमा पाँच सदस्यीय समिति गठन गरेर जिम्मेवारी दिएका छौं । कहाँ कहाँ व्यवस्थापन कमजोरी भएको छ, त्यो पैसा लगेर खाने कति भए ? कामै गरी देखाउने कति भए भनेर हामी खोजी गरिरहेका छौं । केही समय पछाडि त्यो  सार्वजनिक पनि हुन्छ ।’ 

साथै उनले मन्त्रालयले कृषि उपजको न्यूनतम मूल्य निर्धारण गर्ने सोच बनाएको समेत बताए । उनले कृषि उपजको न्यूनतम मूल्य निर्धारण गर्नका लागि गोदाम चिस्यान घरको व्यवस्थापन गरे मात्रै सम्भव हुने बताए ।

उनले भने, ‘कृषि उपजको न्यूनतम मूल्य निर्धारण गर्ने सोच बनाएका छौं । यो मूल्य निर्धारण गर्नका लागि हामीले गोदाम चिस्यान घरको व्यवस्थापन गरिसकेपछि मात्रै त्यो  सम्भव हुने छ । हामीले त्यो उद्देश्य बोकेका छौं ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार