मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

काभा यू–२० च्याम्पियनसिपमा सहभागि हुने नेपाली टोलीको बिदाई

Ujyalosandeshonline 12455+ समाचार ( )
१६ अशोज २०८१, बुधवार

काठमाडौं । नेपाल यू–२० पुरुष भलिबल टोलीलाई विदाई गरिएको छ । बुधबार श्रीलंकामा हुन लागेको पुरुष यु–२० भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाई गरिएको हो ।नक्सालस्थित क्राउन प्लाजा होटलमा राष्ट्रिय खेकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघको अध्यक्ष जितेन्द्रबहादुर चन्द्र, उपाध्यक्ष भरत शाह, प्रशिक्षक जगदीश भट्टलगातयले टोलीको बिदाई गरेका हुन् ।

सोही क्रममा राष्ट्रिय खेकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले राम्रो खेल प्रदर्शन गर्न सबैलाई आग्रह गर्दै राष्ट्रिय खेकुद परिषद् सधैँ साथमा रहेको बताए । उनले भने, ‘हामीले राम्रो खेल खेले पनि जुन उचाई हासिल गर्नुपर्ने थियो त्यो हासिल गर्न सकिरहेका छैनौ । त्यो अभावलाई पूर्ती गर्नको लागि उमेर समूहगत रुपमा बनेको पुरुषहरुको टिमले निकै ठूलो अर्थ राख्छ । तपाईहरुको काधमा रहेको त्यो जिम्मेवारी पूरा गर्नुहुन्छ भन्ने कुरा मैले विश्वास लिएको छु । तपाईहरु अगाडि बढ्नु तपाईका साथमा राष्ट्रिय खेकुद परिषद् सधैँ रहने छ ।’ 

च्याम्पियनसिप अगामी असोज २० देखि २६ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुँदैछ । राष्ट्रिय टोलिमा पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सूर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जितबहादुर कार्की, सुजन सुनार, रेसमन राहादी, दिनेश कुँवर रहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार