मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

जलश्रोतको दोस्रो धनि देश भएर पनि खाने पानीको लागि आन्दोलन गर्नुपर्ने अवस्था छ : मन्त्री यादव

Ujyalosandeshonline 12441+ समाचार ( )
२३ मंगशिर २०८१, आइतबार

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले जलश्रोतको दोस्रो धनि देश भनेर चिनिने नेपालमा खाने पानीको लागि जनताले आन्दोलन गर्नुपर्ने अवस्था दुखद् रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको चौथो अधिवेशन सहितको छैठौं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले, सुरक्षित खानेपानी आपूर्ति र सरफाईले आर्थिक उन्ननीको जग निर्माण गर्ने भएतापनि अझै खानेपानी तथा सरसफाईको क्षेत्रमा चुनौतीहरु रहेको बताए ।

उनले भने,‘नेपालको आर्थिक सामाजिक विकासमा खोनपानी र सरसफाई क्षेत्रको महत्व हामी सबैलाई अवगत नै छ । सुरक्षित खानेपानी आपूर्ति र सरफाईले आर्थिक उन्ननीको जग निर्माण गर्दछ । तर अझै खानेपानी तथा सरसफाईको क्षेत्रमा केही चुनौतीहरु यथावत नै छ । जलश्रोतको धनि देश नेपाल भनेर गरौव गछौं तर जनता पानीको लागि आन्दोलन गर्छन् ।’

उनले खानेपानी तथा सरसफाईको क्षेत्रमा नयाँ सोच र दृष्टिकोणकासाथ अगाडी बढ्ने मार्गचित्र महासंघले तयार गरिरहेकोमा धन्यवाद दिए ।

मन्त्रालय एक्लैले मात्र खानेपानीको समस्या समाधान गर्न नसक्ने भन्दै महासंघ र मन्त्रालयको सहकार्यमा खानेपानीको आपूर्ति गर्न सफल हुने उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार