मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

आईबिएसद्वारा लुम्बिनीमा रक्तदान

Ujyalosandeshonline 12441+ समाचार ( )
७ जेठ २०८१, सोमबार

भैरहवा । लुम्बिनीमा २९ औं रक्तदान कार्यक्रम सोमबार सम्पन्न भएको छ । अन्तर्राष्टिय बौद्ध समाजको ३३ औं बार्षिकोत्सव तथा २५६८ औं बुद्ध जयन्तीको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना भएको हो । 

दानलाई मानव जीवनको महानतम कार्य मान्ने भगवान बुद्धको पथ अनुसरण गर्दै बौद्ध मार्गी तथा गृहस्थी समेत गरि ४८ जना दाताहरुले उत्साहपूर्वक रक्तदान गरेको  समाजका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले जानकारी दिए । भिक्षु मैत्री महास्थवीरले लुम्बिनी क्षेत्रका नियमित रक्तदाता तथा सर्वाधिक पटक रगत दान गरेका उपेन्द्र अधिकारीलाई रगतको पोका हस्तान्तरण गरि कार्यक्रम उद्घाटन गरेका थिए । अधिकारीको ६३ औं पटक रक्तदान रहेको थियो । 

भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजको प्रविधिक सहयोगमा सम्पन्न कार्यक्रममा प्रभु बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, नविल बैंक, ग्लोवल आईयमई बैंक, नेपाल लाईफ, बुद्धमाया होटल, लुम्बिनी बिकास कोष लगायतका संघ संस्था तथा व्यक्तिहरुको सहयोग रहेको थियो ।  

संस्थाले हरेक बर्ष आफ्नो नियमित क्यालेण्डरमा राखि विगत २९ बर्ष देखि नै रक्तदान, जिल्लास्तरीय हाजिर जवाफ प्रतियोगिता, बुद्ध अस्थिधातु प्रदर्शनी, तथा बुद्ध जयन्ती मनाउदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार