मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

रविलाई कानुन व्यवसायी र परिवारको जिम्मा लगाइयो, बिहीबार थुनछेक बहस हुने

Ujyalosandeshonline 12612+ समाचार ( )
९ माघ २०८१, बुधवार
भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दामा बुधवार अदालतमा उनको बयान सकिएको छ ।

अदालतमा मुद्दा दर्ता भएपछि बुधवार बिहान अदालतमा उपस्थित भएका लामिछानेको न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा दिउँसो एक बजेदेखि सुरु भएको बयान साँझ करिब ५ बजे सकिएको छ । बयान सकिएर थुनछेक बहसका लागि समय नहुदाँ बिहीवार बिहान साढे १० बजे उपस्थित हुने गरी लामिछाने लाई उनको परिवार (श्रीमती निकिता पौडेल लामिछाने) र कानुन व्यवसायीको जिम्मा लगाएर पठाइएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले बताए ।

परिवार र कानुन व्यवसायीको जिम्मा लगाइएपछि करिब ६ बजे अदालतबाट होटलमा बास बस्नका लागि बाहिरिएका लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस बिहीवार बिहान देखि सुरु हुने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार