मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

रासस 695+ समाचार ( )
२० श्रावण २०८३, बुधवार

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण र छ वटा सडकखण्ड आंशिक रूपमा अवरूद्ध भएका जनाएको छ । विभागका अनुसार बाढी र पहिरोबाट ती सडक अवरुद्ध भएका हुन् । पहिरोका कारण अवरूद्ध २४ वटा सडकखण्ड सामान्य सुधारपछि सञ्चालनमा आएका छन् । नेपाल प्रहरीका अनुसार पहिरो, नदी कटान, हिलो र सडक भासिँदा ती राजमार्ग प्रभावित भएका हुन् । बिपी राजमार्गअन्तर्गत धुलिखेल–सिन्धुली क्षेत्रमा बाढीको जोखिमलाई मध्यनजर गर्दै बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । 

यसैगरी, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग पनि वर्षाका कारण सडक हिलो भई पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग भने विभिन्न तीन स्थानमा पहिरो, लेदो र सडक भासिँदा पूर्ण रूपमा बन्द छ । उक्त राजमार्गका भोटेकोशी गाउँपालिका–४ जिरोकिलो, कोदारी, लिपिङ क्षेत्रमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।यस्तै, दोलखाको लामोसाँघु–रामेछाप सडक तामाकोशी गाउँपालिका–५ किर्नेटारमा सामाकोशीले सडक कटान गरेपछि पूर्ण रूपमा बन्द भएको छ । यद्यपि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको परिसरबाट वैकल्पिक मार्ग भने सञ्चालनमा ल्याइएको छ । नेपाल प्रहरीले वर्षाका कारण सडकको अवस्था परिवर्तन भइरहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार