मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

बैशाख अन्तिम सम्म शिक्षा विधेयक पारित गरिने

Ujyalosandeshonline 11768+ समाचार ( )
१० वैशाख २०८२, बुधवार

काठमाडौं । सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । बुधबार सिंहदरबारमा सभामुखले बजेट अधिवेशनबारे प्रमुख सचेतकहरू सँग छलफल गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । 

विगतमा उल्टो अभ्यास भएको भन्दै उनले यो वर्ष नीति तथा कार्यक्रम पारित गर्ने र त्यसको आधारमा मात्र बजेटका प्राथमिकताहरु संसदमा ल्याउने गरी कार्यसूची बनाएको पनि जानकारी दिए । 

उनले भने,‘हामी छैठौं अधिवेशनको तयारी गर्दैछौं । वैशाख १२ गते बस्ने बैठक सबै दलका नेताहरुको शुभकामनाबाट सुरु गर्ने छौं । सकारले १९ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । पहिले उल्टो अभ्यास भएको जस्तो भयो त्यसैले नीति तथा कार्यक्रम पारित गर्ने र त्यसको आधारमा मात्र बजेटका प्राथमिकताहरु संसदमाल्याउने कुरा व्यवहारिक हुने कुराले १९ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नेगरी कार्यसूचीमा राखेको छौं । 

बैठकमा शिक्षा विधेयकलाई पारित गर्न प्राथमिकता दिने कुरामापनि ऐक्यवद्धता भएको छ । संसदमा आउने वित्तिकै दर्ता भएपछि एक दिनपनि पर नधकेलिकन कार्यसूचीका अन्य कामलाई होल्ड गरेर पनि शिक्षा विधेयकलाई पारित गर्ने विषय मा छलफल भएको उनले जानकारी दिए । 

उनले भने,‘शिक्षा विधेयकलाई छिटो भन्दा छिटो टुङ्ग्याउँछौैं । उपसमितिले प्राप्त गरेको समयभित्र समितिलाई पेस गर्ने र समितिले केही दिन भित्र नै टुङग्याएर संसदमा आउने वित्तिकै दर्ता भएपछि एक दिनपनि पर नधकेलिकन बरु कार्यसूचीमा भएका अन्य कामलाई होल्ड गर्छौ तर शिक्षा विधेयकलाई पारित गर्न प्राथमिकता दिने कुरा भएको छ । यसमा सबैको ऐक्यवद्धता छ । यो महिनाको अन्तिम सम्म शिक्षा विधेक पारित गर्ने छौं ।’

त्यस्तै, १४, १५र १६ गते लगातार तीनदिन बैठक चलाउने र अड्की एका विधेयकहरुलाई टुङ्गो लगाउने पनिउनले बताए । ‘१४,१५र १६ गते हामी लगातार तीनदिन बैठक चलाउँछौं र त्यस दिनमा केही विधेयकहरु लाई टुङ्ग्याउँछौं । पाँचौं अधिवेशनमा प्रतिपक्षको विरोधका कारण अड्केका विधेयकहरु टुुङ्ग्याउँछौं ।’उनले भने,

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार