अवैध बिद्युतिय उपकरण सहित तीन जाना जुवाड़ेहरु पक्राउ

Ujyalosandeshonline 11300+ समाचार ( )
१२ कार्तिक २०८०, आइतबार

भैरहवा । रूपन्देही प्रहरीले बिद्युतिय उपकरण सहित जुवा तास खेलिरहेको अवस्थामा बुधबार तीन जनालाई लुम्बिनीबाट पक्राऊ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोहर भट्टका अनुसार  कार्तिक ८ गते प्रहरीलाई आएको गोप्य सुचनाको आधारमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १० मा रहेको लुम्बिनी गेष्ट हाउसमा छापा हानि तीन जनालाई पक्राऊ गरिएको हो ।  

"होटलको कोठा नम्बर  ४०१ मा जुवातास भईरहेको छ भन्ने गोप्य सूचना प्राप्त भएको थियो । " भट्टले भने "जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा पुगी चेकजाँच गर्दा बिद्युतिय उपकरण सहित जुवा तास खेलिरहेको अवस्थामा तीन जनालाई  पक्राउ गरीएको छ । "

पक्राऊ पर्नेमा  कपिलबस्तु शिबराज नगरपालिका  वडा नम्बर ९ बस्ने ३७ बर्षीय मोहन प्रसाद निरौला, सोही ठाउका ३६ बर्षीय  शिव ओली र रुपन्देही शुद्धोधन गाउपालिका वडा नम्बर ३ फर्साटिकर बस्ने ५५ बर्षीय राकेश बानिया रहेको भट्टले जानकारी दिए  ।

उनिहरुबाट प्रहरीले लु ३ च २०२२ नम्बरको कार, ६ थान मोबाइल, मोवाईलको ब्यट्री (सानो, ठुलो) १७ थान , बिभिन्न किसिमका तासँको २४ गड्डी, बिद्युतिय उपकरण मोवाईलको कनेक्टर १ थान, बिद्युतिय उपकरण ब्यट्री जस्तो देखिने  २९ थान र बिद्युतिय उपकरण म्याक्स  लेखेको ब्यट्री  ४ थान बरामद भएको उनले जानकारी दिए ।

घटना सम्बन्धमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जुवा सम्बन्धी कसूरमा दिन ७ म्याद थप भई अनुसन्धान भईरहेको  भट्टले बताए ।     

प्रतिक्रिया

सम्बन्धित समाचार