मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

बगहा माविमा चारकोठे भवनको शिलान्यास

Ujyalosandeshonline 12441+ समाचार ( )
७ माघ २०८१, सोमबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर १ बगहास्थित श्री बगहा माध्यमिक विद्यालयमा चारकोठे भवन निर्माण हुने भएको छ । भवनको सोमबार एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शिलान्यास गरेका हुन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले २०८२ असार २० गतेसम्म चारकोठे (दुईतले) भवन निर्माण गर्ने सम्झौता भएको बताए । २०८१ पुस २४ गते भएको सम्झौता अनुसार ७१ लाख ३० हजार रुपैयाँमा रोहिणी निर्माण सेवा, रोहिणी–१ ले भवन निर्माण गर्नुपर्नेछ ।गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर अघि बढेको बताए । भवन निर्माण भएपछि विद्यार्थीहरुलाई पठनपाठनमा अझ सहज हुने उनले विश्वास व्यक्त गरे ।

रोहिणी–१ का वडाअध्यक्ष आविद अली पठानले शैक्षिक संस्थाहरुको भौतिक पूर्वाधारमा लगानी भएको र शैक्षिक गुणस्तर सुधारमा ध्यान दिइएको बताए । शिक्षक र विद्यालय व्यवस्थापन समितिबाट शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिवद्धता व्यक्त भएको उनले बताए ।

बगहा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर उप्रेतीले विद्यालयलाई अझ राम्रो बनाउने सोचका साथ अघि बढेको बताए । ‘मैले यसै विद्यालयमा पढेको हुँ, त्यसैले पनि यो विद्यालयको धेरै माया लाग्छ । मैले नेतृत्व सम्हालिसकेपछि शैक्षिक गुणस्तरमा सुधार आएको छ । यस वर्ष नतिजामा सुधार आएको छ । अर्को वर्षमा थप सुधार हुन्छ, ’उनले भने ।

वि.सं. २०२१ सालमा स्थापना भएको बगहा माध्यमिक विद्यालयमा हाल ५३३ जना विद्यार्थी अध्ययनरत र २० जना शिक्षक/कर्मचारी जना कार्यरत रहेको विद्यालयका प्रधानाध्यापक प्रेमनाथ त्रिपाठीले बताए । आफूले बगहा माविमा प्रधानाध्यापकको जिम्मेवारी सम्हालिसकेपछि शैक्षिक गुणस्तर सुधार भएको दावी गरे । 

भवन शिलान्यास कार्यक्रममा रोहिणी गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजन, प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरी, जनप्रतिनिधि, कर्मचारी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार