मुख्य समाचार
पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो | केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान | रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने | रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन | टिपर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द | बिमा दाबी गर्न सुनचाँदी चोरीको नाटक | भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा | हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित |
मुख्य समाचार
पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो | केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान | रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने | रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन | टिपर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द | बिमा दाबी गर्न सुनचाँदी चोरीको नाटक | भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा | हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित |


ओमसतिया गाउँपालिकाको बजेट ४९ करोड २५ लाख

Ujyalosandeshonline 11511+ समाचार ( )
८ असार २०८२, आइतबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को लागि बजेट सार्वजनिक गरेको छ । आइतबार सम्पन्न १७ औ गाउसभाको बैठकमा पालिकाको उपाध्यक्ष सुनिता चौधरीले ४९ करोड २५ लाख १४ हजार रुपैया बराबरको आम्दानी खर्च भएको बजेट सार्वजनिक गरेकी हुन । 

पालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि संघीय सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत वित्तीय समानिकरण अनुमान तर्फ ११ करोड ६६ लाख, सशर्त अनुदान तर्फ १६ करोड ५ लाख, समपुरक अनुदान तर्फ ४० लाख अनुदान प्राप्तिको अनुमान गरेको छ ।

यसै गरि प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत वित्तीय समानिकरण अनुमान तर्फ  ८० लाख ७३ हजार, सशर्त अनुदान तर्फ १ करोड ५५ लाख, समपुरक अनुदान तर्फ  ७५ लाख अनुदान प्राप्तिको अनुमान गरेको पालिकाले बाँडफाँडबाट प्राप्त राजश्व अन्तर्गत संघीय सरकारबाट  ९ करोड ४२ लाख ६४ हजार, प्रदेश सरकारवाट ८७ लाख ७७ हजार र स्थानीय राजश्व बाँडफाँडबाट २ करोड ५० लाख रुपैयाको प्राप्तिको अनुमान गरेको छ ।

गाउँपालिकाको आन्तरिक श्रोत तर्फ ३ करोड ७३ लाख गरी कुल जम्मा ४९  करोड २५ लाख १४ हजार राजश्व तथा अनुदान प्राप्तिको अनुमान गरिएको चौधरीले बताइन । यस्तै खर्चतर्फ  गाउँपालिकाको चालु खर्च तर्फ ३२ करोड १८ लाख ४१ हजार र पूँजिगत खर्च तर्फ १७ करोड ६ लाख ७३ हजार रुपैया गरि ४९ करोड २५ लाख १४ हजार खर्चको प्रक्षेपण गरेको उनले बताइन । 

आइतबार नै पालिकाले नीति तथा कार्यक्रम पनि ल्याएको छ । नीति तथा कार्यक्रम सर्वजनिक गर्दै अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले समृद्ध नेपाल सुखी नेपाली भन्ने राष्ट्रिय नारालाई आत्मसाथ गर्दै समृद्ध ओमसतिया भन्ने मुल मन्त्रका साथ “ओमसतियाको शान सुन्दर शान्त समृद्ध गाउँपालिका हाम्रो अभियान“ भन्ने मूल नारा लिई  नीति तथा कार्यक्रम तयार पारिएको बताए ।

पालिकाले खाली जग्गामा वृक्षारोपण, हरियाली प्रवद्र्धन तथा बनको संरक्षण गरी जल, जमीन तथा बातावरणको संरक्षण गरिने नीति लिएको छ । विपद जोखिम न्यूनीकरण र व्यवस्थापन तथा जलवायु उत्थानशील योजना तर्जुमा गरी सो अनुसार विपद पूर्व तयारी, विपद न्यूनीकरण, प्रतिकार्य र पुनस्र्थापनाको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाइने यादवले बताए ।

कर प्रणालीमा सुधार गर्दै प्रगतिशिल कर प्रणालीको सिद्धान्तमा रही आर्थिक वर्ष २०८२÷०८३ लाई कर सहभागिता बर्षको रुपमा मनाईने बताउदै यादवले । राजश्व प्रशासनलाई चुस्त बनाउदै बिद्युत्तीय माध्यमबाट कर तिर्ने प्रणालीको विकास गरी राजश्व संकलनलाइ क्रमशः फेसलेस र क्यासलेस  बनाउँदै लगिने जनाए ।

“सेवाको बरिपरी जनता होइन जनाताको वरिपरी सेवा“ भन्ने अवधारणालाई आत्मसाथ गरी मुस्कान सहितको छरितो र एकिकृत घुम्ति सेवा कार्यक्रम संचालन गरिने नीति लिएको यादवले बताए । गाउँपालिकाभित्रका नागरीकहरुको गुनासो तथा सेवा सम्वन्धी जिज्ञासा सुन्नेको र सोको सम्बोधन अनलाईन प्रणालीको माध्यमबाट गर्ने नागरिक गुनासो व्यवस्थापन प्रणाली तयार गरी लागु गरिने उनले बताए ।

गाउपालिकामा कायम भएको असुल उपर वेरुजु असुल गरी वेरुजु कम गरि नीतिगत वेरुजु हटाउन आवश्यक संयन्त्र निर्माण गरी महालेखा परिक्षक समक्ष पेश गरिने पालिकाले नीति लिएको छ। वेरुजु आउने खालका कार्यक्रमहरु सञ्चालन गर्न रोक लगाईने र वेवसाइटमा प्रकाशित गर्ने कार्यलाई निरन्तरता दिइने उनले बताए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार