मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

‘रेन’ परियोजनाबारे मुख्यमन्त्रीसँग छलफल

Ujyalosandeshonline 12552+ समाचार ( )
१८ जेठ २०८२, शनिबार

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र ‘रेन’ परियोजनाका वरिष्ठ अनुकूलन अधिकृत सन्तोष कुमार मोरबैता यादवबीच परियोजनासम्बन्धी छलफल भएको छ । छलफलमा ‘रेन स्लचिलोपन, अनुकूलन र समावेशीतामा रूपान्तमक प्रभावका लागि नेपालमा समुदाय नेतृत्वमा आधारित समग्र पहल’ परियोजनाको उद्देश्य, कार्यक्षेत्र र प्रभावबारे विस्तृत चर्चा गरिएको हो ।

संयुक्त अधिराज्य सरकारको सहयोगमा, पिपुल इन निड र डेनचर्च एडसँगको साझेदारीमा ली बर्ड सञ्चालन हुन लागेको यो परियोजना विक्रम संवत २०८२ देखि २०८७ सम्म सञ्चालन हुनेछ । परियोजना मधेश प्रदेशका पाँच जिल्लाका १४ वटा पालिकामा सञ्चालन हुने जनाइएको छ ।

परियोजनाबारे जानकारी दिँदै वरिष्ठ अनुकूलन अधिकृत सन्तोष कुमार मोरबैता यादवले यसले मधेश र लुम्बिनी प्रदेशमा जलवायु परिवर्तनसँग सम्बन्धित जोखिम न्यूनीकरण, प्रकृतिमा आधारित समाधान, पूर्वतयारी तथा अनुकूलन रणनीति, समुदायमा आधारित सुरक्षित आवास तथा समावेशी कार्यक्रमहरू सञ्चालन गर्ने जानकारी दिए ।

छलफलमा मुख्यमन्त्री सिंहले जलवायु परिवर्तनको प्रतिकूल असरले मधेश प्रदेश बढी प्रभावित भएको उल्लेख गर्दै यस्तो परियोजनाबाट स्थानीय तहमा लचिलोपन र प्रतिरोधात्मक क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे। उनले परियोजनाको सफल कार्यान्वयनका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग प्रदान गरिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा वन निर्देशनालय मधेश प्रदेशका निर्देशक जगरनाथ जसवाल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। सोहन प्रसाद साह, समृद्धिका लागि वन परियोजनाका प्रमुख सुजित कुमार झा, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार सञ्जय कुमार यादव, साथै सिरहा नगरपालिका र दुर्गाभगवती गाउँपालिकाका प्रतिनिधिहरूको उपस्थिति थियो । छलफल कार्यक्रममा प्रदेश सरकारका उच्च अधिकारीहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार