मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

गौरीटारमा निर्माणाधीन क्रिकेट रंगशालाले लियो गति

Ujyalosandeshonline 11768+ समाचार ( )
४ श्रावण २०८२, शनिबार

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–६ स्थित गौरीटारमा निर्माण भइरहेको क्रिकेट रंगशालाको काम तीव्र गतिमा अघि बढिरहेको छ । बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय सहकार्यमा निर्माण भइरहेको रंगशाला आधुनिक पूर्वाधारसहितको बन्ने लक्ष्य राखिएको छ ।

रंगशालामा अहिले मुख्य पिच, मैदानको संयोजन, तारबार र एक साइडको दर्शकदिर्घा (स्ट्यान्ड) निर्माण भइसकेको छ । मैदान चारैतिर घेराबार गरिएको छ भने मैदानको छेउमा हरियाली र व्यवस्थित ग्रीन आउटफिल्ड विकास भइरहेको छ ।

रंगशालाको पूर्वी भागमा पिचको संरचना तयार पारिएको छ भने चारैतिर बलबाउन्ड्रीको लागि तारबारको काम पूरा भएको छ । रंगशालाको एक छेउमा आधुनिक छानावाला स्ट्यान्ड बनाइएको छ, जहाँ दर्शकहरूको बस्ने व्यवस्था छ ।

मैदानको ग्रीन आउटफिल्ड सजिएको छ, पृष्ठभूमिमा पहाड र हरियालीले दृश्यलाई अझ रमणीय बनाएको छ । रंगशाला तयार भएसँगै मकवानपुर जिल्लाका क्रिकेट प्रतिभाहरूलाई अभ्यास र प्रतियोगिताको स्थायी पूर्वाधार उपलब्ध हुनेछ । साथै, भविष्यमा प्रदेशस्तरीय र राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने लक्ष्य छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार