मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

गुल्मीमा नयाँ विकासका याेजना प्रवेश गर्दै: गुल्मेलीमा नयाँ आशाको सञ्चार

मनु सुनार 39+ समाचार ( )
२६ जेठ २०८१, शनिबार

गुल्मी । सरकारले हालै नयाँ बजेट सार्वजनिक गरेको छ । रातो किताबमा समावेश भएर आउन बाँकी रहे पनि यस पटकको बजेट गुल्मीका लागि नयाँ आशाको बजेट बन्ने बताइन्छ । विकासका लागि नयाँ आयाम बन्ने धेरैको आशा छ । यसको संकेत गुल्मी क्षेत्र नम्बर १ का संघीय सांसद डा.चन्द्र भण्डारीले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएको भिडियो सन्देशले पनि गरेको छ ।

झण्डै दुई मिनेट गुल्मेलीहरुप्रति सम्बोधन गर्नुभएको भिडियो सन्देशमा संघीय सांसद डा. चन्द्र भण्डारीले धेरै समयको अन्तरालपछि गुल्मीमा नयाँ विकास निर्माणका योजनाहरु प्रवेश गर्न लागेको बताउनुभएको छ । उहाँको यो भनाईले पनि धेरै गुल्मेलीहरुको आशा जगाएको छ ।

सांसद डा.भण्डारी भन्नुहुन्छ,–“धेरै समयको अन्तरालपछि गुल्मीमा नयाँ विकास निर्माणका योजनाहरु प्रवेश गर्दैछन्, र गरिरहेका छन् । यसको निम्ति सहयोग गर्ने सबैलाई हार्दिक आभार र धन्यवाद व्यक्त गर्न चाहान्छु ।” सांसद भण्डारीले यसको श्रेय भने गुल्मेली जनतालाई दिनुभएको छ ।

उहाँले विकास र योजनाले मात्रै नहुने भन्दै यसको कार्यान्वयन पक्ष सबैभन्दा महत्वपूर्ण हुने बताउँदै त्यसका निम्ति सबै गुल्मेली जनता, जनप्रतिनिधिहरु सबैले एकजुट भएर मेरो जिल्ला मेरो विकास, मेरो पहिचान भन्ने अभियानमा लाग्नुपर्ने बताउनुभयो ।

“विगतमा खहरेखोला जस्ता खोलाहरु जस्ले मानिस बगायो । बस जिप बगायो । जनावरहरु बगाए । ती ठाउँहरुमा पनि हामीले पुल निर्माण गरीरहेका छौं ।”–भण्डारीले भन्नुभयो । गुल्मेली नेपालीको पहिचान मात्र होइन्, गुल्मेली विश्वको पहिचान पनि बन्न सक्ने बताउनुभएको छ । विगतले पनि धेरै सिकाइ रहेको भन्दै सांसद भण्डारीले त्यसका लागि सबै एकजुट भएर लाग्नका निम्ति सबै गुल्मेली जनता तथा जनप्रतिनिधिहरुलाई आग्रह गर्न गर्नुभएको छ ।

यस अघि पनि डा.भण्डारीकै पहलमा गुल्मीलाई तराई मधेशसँग डेढ घण्टामै जोड्ने सालझण्डी –पटौती सडकखण्डको कार्य भइरहेको छ । उहाँले जिल्लाको शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पुल लगायतका क्षेत्रलाई अगाडी बढाउन पहल गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार