मुख्य समाचार
सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने |

धार्मिक सहिष्णुतामा खलल पुग्ने अभिव्यक्ति नदिन सांसद् शाहीलाई ताहिर अलीको आग्रह

Ujyalosandeshonline 12536+ समाचार ( )
१८ वैशाख २०८२, बिहीबार

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सहायक महामन्त्री ताहिर अलीले धार्मिक सहिष्णुतामा खलल पुग्ने अभिव्यक्ति नदिन पार्टीका प्रवक्ता तथा सांसद् ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) लाई आग्रह गरेका छन् । सहायक महामन्त्री अलीले शाहीले भारतको जम्मु कश्मीर पलगामको घटनामा दिएको अभिव्यक्ति तत्काल सच्याउन आग्रह गरेका हुन् । अन्यथा राप्रपाका तमाम मुस्लिम समुदाय सोच्न बाध्य हुने उनले चेतावनी दिएका छन् ।

बिहीबार विज्ञप्ती जारी गर्दै नेता अलीले प्रवक्ता शाहीले पटकपटक मुस्लिम समुदायलाई होच्याउने अभिव्यक्ति दिदै आएको बताए । ‘यसपटक भारतको जम्मु कश्मीर पहलगाममा भएको आतंककारी घटनामा समस्त मुस्लिम समुदायलाई जोडेर दिनुभएको आपत्तिजनक अभिव्यक्तिले आश्चर्यचकित भएका छौं । र, यसले हामी समस्त मुस्लिम समुदायमा चोट पुग्न गएको छ, ’विज्ञप्तीमा भनिएको छ ।

शाहीले मुस्लिम धर्मावलम्बीलाई जोडेर दिएको अभिव्यक्तिप्रति गम्भिर ध्यानाकर्षण भएको उनले बताए । ‘आतंककारीको कुनै धर्म र जात नहुने उनले स्पष्ट पारे । हामी नेपाली मुस्लिम धर्मावलम्बीहरु कुनै प्रकारको आतंकवादलाई समर्थन गर्दैनौं । हामी नेपाली मुसलमानहरु नेपाल हिन्दु राष्ट्र हुनुपर्दछ भन्ने मान्यताका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध भएका छौं,’विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

संजय कुमार गुप्ता १९ वैशाख २०८२, शुक्रबार

एउटा पुजारी कहिले पनि मसजिदमा भगवत बाचन गर्दैन त्यसै एउटा मौलान कहिले पनि मन्दिरमा गएर नमाज पढदैन त्यसै कुनै मुस्लिम ले हिन्दु राष्ट्र चहिन्छ भन्छ भने बिश्वास लगदैन भाेटकाे लागि खुट्टा ढाेगनु बेग्लै कुरा हाे।।।।।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार