मुख्य समाचार
आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए |

प्रहरीलाई सबल र सुविधा सम्पन्न बनाउन प्रदेश सरकार प्रतिबद्ध : मन्त्री लामिछाने

Ujyalosandeshonline 12347+ समाचार ( )
१० श्रावण २०८२, शुक्रबार

रामेछाप । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले वाग्मती प्रदेशको सुरक्षा चुनौतीलाई सामना गर्न प्रदेश सरकारले प्रहरी सेवाको पहुँचलाई थप प्रभाकारी बनाउने बताएका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका कार्यालय भवनको शुक्रबार उद्घाटन गर्दै मन्त्री लामिछानेले प्रदेश भरिका प्रहरी कार्यालयलाई व्यवस्थित गर्न हालसम्म ३ अर्ब ६० करोड रुपैँया विनियोजन गरी कार्यान्वयन गरेको जानकारी दिए । यस्ता भवनहरूले प्रहरीको सेवालाई प्रभावकारी बनाउन थप सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । 

जनताको जीउ, धनको सुरक्षा गर्नु प्रहरीको दायित्व भएको बताउँदै लामिछानेले सेवा सुविधा वृद्धिले प्रहरीको कामलाई अझ मजबुत र व्यवस्थित बनाउने बताए ।

नेपालमा दिन प्रतिदिन बढ्दै गएको सवारी चाप, लापरबाही र सडकका कारण ट्राफिक व्यवस्थापनको काम निक्कै चुनौतीपूर्ण रहेको उनले बताए । ‘यो चुनौतीलाई अवसरको रूपमा लिएर काम गर्नु आवश्यक छ’, उनले भने । 

कार्यक्रममा वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण पौडेलले वाग्मती प्रदेशमा मागको तुलनामा प्रहरीको सङ्ख्या अति न्यून भएको बताए । प्रदेशभरिमा जम्मा ६ हजार मात्र प्रहरी रहेका र ट्राफिक अन्तर्गत करिब तीन सयको हाराहारी प्रहरी मात्र कार्यरत रहेका उनले जानकारी दिए । ‘नेपाल प्रहरीमा धेरै जनशक्तिको माग छ, हामीले माग अनुसारको जनशक्ति व्यवस्थापन गर्न सकेका छैनौँ’, उनले भने । 

सयौँ ठाउँबाट प्रहरी चौकी थप र प्रहरी जनशक्ति थपको माग आएको उनले बताए । वाग्मती प्रदेशमा प्रहरी दरबन्दी थप गर्न आवश्यक रहेको उनले बताए । त्यस्तै धेरै ठाउँमा प्रहरीका भवन अत्यावश्यक रहेको उनले जानकारी दिए । 

कूल ३ करोड ८ लाख रुपैयाँको लागतमा बनेको कार्यालयमा भुईँ तलासहित चारवटा तला रहेका छन् । त्यस्तै प्रतीक्षालय समेत निर्माण भएको छ । भवन निर्माणको लागि ब्रम्हायणी–विरुपाक्ष–बिजी जेभीले २०८० साल असोज ८ गते ठेक्का सम्झौता गरेको थियो । 

कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नेहरूलाई पनि सम्मान गरिएको थियो। कार्यक्रमका सहभागीलाई रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले स्वागत गरेका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार