मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

‘काङ्ग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सबैको साथ आवश्यक’

Ujyalosandeshonline 12437+ समाचार ( )
६ श्रावण २०८२, सोमबार

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सबै जातजाती र समुदायको समर्थन काङ्ग्रेसले प्राप्त गर्ने हो भने बहुमत प्राप्त गर्न सक्ने पार्टी बन्ने बताएका छन् । सोमबार नेपाली काङ्ग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले पुस्तकालय स्थापना र सञ्चालनमा सहयोग गर्ने दाताहरुलाई सम्मान पत्र वितरण गर्न आयोजित कार्यक्रममा उनले काङ्ग्रेसलाई  बहुमत प्राप्त पार्टी बनाउन सबैको साथ आवश्यक रहेको भन्दै त्यसको लागि पुस्तकालयको पनि भूमिका हुने बताए । 

उनले भने, ‘नेपालमा काङ्ग्रेस मात्रै एउटा ठूलो पार्टीको रुपमा छँदैछ । अझ बहुमत प्राप्त गर्ने पार्टी पनि हुन सक्छ । यद्यपी अहिलेको समानुपातिक समावेशीतामा आधारित जुन व्यवस्था छ । सबैलाई समावेश गर्ने खालको व्यवस्था छ । सबै जातजाती, समुदायको समर्थन प्राप्त गर्न सक्यो भने बहुमत प्राप्त गर्न सक्ने पार्टी बन्न सक्छौ । यसमा यो पुस्तकालयले ठूलो भूमिका खेल्न सक्छ ।’ साथै, उनले यस पुस्तकालय मा रहेका किताबहरु एकदमै बहुमूल्य भएको भन्दै पार्टीको सिद्धान्त र आदर्श पुस्तकालयमार्फत सबैलाई बुझाउन सक्नुपर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार