मुख्य समाचार
उत्तरयाधामको शिवलिङ्को मूर्ति | तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ | हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति | पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी | महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा | एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’ | मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डामा छलफल | छायाँक्षेत्र मन्दिर | हरिबहादुर थापा पुन: रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा निर्वाचित |

हुस्सुका कारण सवारी दुर्घटना कम गर्न ट्राफिकको विशेष अभियान

Ujyalosandeshonline 11504+ समाचार ( )
१२ माघ २०८१, शनिबार

रौतहट । रौतहट ट्राफिक प्रहरीले बाक्लो हुस्सुका कारण हुने सवारी दुर्घटना न्यूनिकरणका लागि अभियान थालेको छ । विशेषगरी  बिहान र बेलुकाको समयमा बाक्लो हुस्सु लाग्ने र नजिकको सवारी साधन पनि नदेखिदा दुर्घटनाको जोखिम हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ । 

सवारीको अधिक चाप रहने पूर्व–पश्चिम राजमार्ग  र चन्द्रनिगाहपुर गौर सडक खण्डमा दुर्घटना न्युनिकरणका लागि अभियान नै सञ्चालन गरेको ट्राफिक प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारी बताए । 

उनका अनुसार यस अभियान अन्तर्गत सवारी साधनमा रिफ्लेक्टिभ स्टिकर टाँस्ने, सवारी चालकको स्वास्थ परीक्षण गर्ने, इन्डिकेटर बत्ती बालेर बिस्तारै सवारी चलाउन अनुरोध गरिन्छ । 

सवारी दुर्घटना प्रायः चालकको लापरबाहीले हुने गरेको पाइएकाले न्युनिकरणका लागि प्रशिक्षण दिने गरिएको उनले जानकारी दिए ।बाक्लो हुस्सुमा सवारी चलाउँदा अपनाउनु पर्ने सतर्कताको बारेमा चालकलाई बुझाउने गरेको ट्राफिक प्रहरी निरीक्षक अधिकारी बताए । 

उनले सवारी साधनको अवस्था पनि जाच गर्ने गरेको बताए ।ट्राफिक कार्यालय रौतहटले  विभिन्न पालिका अन्तर्गतका विद्यालयमा दुर्घटना न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम समेत गर्दै आइरहेको उनले उल्लेख गरेका छन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार आर्थिक वर्ष २०८१÷८२ को पुष मसान्तसम्म ३ सय ८५ वटा सवारी दुर्घटनामा ३१ जनाले ज्यान गुमाए भने ६१० जना घाइते भएका छन । ट्राफिक प्रहरीले दुर्घटना न्युनिकरण संगै नियम बिपरित कार्य गर्ने चालकलाई कारबाही गरि राजश्व सकलन गर्ने गरेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार