मुख्य समाचार
यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग |

अनुसन्धानका लागि महरालाई काठमाडौं ल्याइयो

Ujyalosandeshonline 12535+ समाचार ( )
५ चैत्र २०८०, सोमबार

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई भैरहवा हुँदै काठमाडौं ल्याइएको छ । नेपाल प्रहरी केन्द्र, रुपन्देही र कपिलबस्तु प्रहरीको समन्वयमा महरालाई त्रिभुवन विमानस्थलबाट केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)कार्यालय लाजिम्पाट लगिएको छ ।

प्रहरी स्रोतका अनुसार महरालाई थप अनुसन्धान गर्न सीआईबी पठाइएको हो । महरा भैरहवा हुँदै गृहनगर दाङ हिँडेका थिए । उनी रोल्पामा आयोजना हुने एक कार्यक्रममा सहभागी हुने योजनामा पनि थिए । तर प्रहरीको निगरानीमा रहेका महरा रुपन्देही प्रहरीले कपिलवस्तुको पकडीबाट काठमाडौं फर्काएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले नेपाल न्यूज बैंकसँग भने,‘महरा सरलाई काठमाडौं फर्काउने केन्द्रको आदेशपछि कपिलवस्तुको सीमाबाट फर्काइएको हो । उहाँ प्रहरीको निगरानीमा हुनुहुन्थ्यो । उहाँलाई काठमाडौंतर्फ डाइभर्ट गरिएको मात्र हो ।’

पूर्वसभामुख समेत रहेका महरालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी भीम ढकालले नेपाल न्यूज बैंकसँग पुष्टि गरेका थिए । महराले इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप छ ।

६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई उक्त प्रकरणमा मुद्दा चलाउन सिफारिस गरेको थियो।

सोही अनुसार आवश्यक कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले आइतबार सुरक्षा संयन्त्रका उच्च अधिकारीसँगको बैठकपछि निर्देशन दिएका थिए । निर्देशन पाएको भोलिपल्टै अर्थात् सोमबार नै महरा पक्राउ परेका छन् । महरा यसअघि सभामुख हुँदा पनि  संसद् सचिवालयकी कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार