मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |
मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |


आर्थिक विकासका लागि सिद्धार्थ र वीरगञ्ज उद्योग बाणिज्य संघबीच ६ बुँदे सम्झौता

Ujyalosandeshonline 11768+ समाचार ( )
२२ चैत्र २०८०, बिहीबार

भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देही र वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, पर्साबीच ६ बुँदे सम्झौता भएको छ ।  बुद्ध जन्मस्थल लुम्बिनीसहित रुपन्देहीका पर्यटकीय स्थलहरुको प्रचारप्रसार, प्रवर्द्धन र सहकर्मी उद्योग बाणिज्य संघहरुको अवलोकन तथा अनुभव साटासाट गर्ने उद्देश्यसहित पूर्वी नेपालको भ्रमणमा  रहेको सिद्धार्थ उद्योग बाणिज्य संघ र बीरगंजबीच  सामाजिक आर्थिक विकास, पारस्परिक सहयोग एवम् सुमधुर जनसम्बन्धको प्रबर्द्धन तथा दुवै क्षेत्रका उद्यमी व्यवसायीबीच संवादका लागि अनुकूल वातावरण सिर्जना गर्नका लागि  सम्झौता गरिएको हो ।

बिहीबार बीरगंज उद्योग बाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा संघका अध्यक्षद्वयले हस्ताक्षर गरेका छन् । बीरगंगका तर्फबाट अध्यक्ष अनिलकुमार अग्रवाल र सिद्धार्थका तर्फबाट अध्यक्ष ठाकुरकुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताको पहिलो बुँदामा समानताको सिद्धान्त तथा आपसी लाभका लागि दुवै पक्ष बीच आ(आफ्‌ना क्षेत्रमा अर्थ, वाणिज्य, उद्यम तथा संगठनको प्रबर्द्धन तथा विकासका लागि प्रत्यक्ष सम्पर्क गरिने उल्लेख छ ।

यस्तै, दुवै पक्षद्वारा आ(आफ्नो क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृति एवं व्यापरिक क्षेत्रसँग सम्बन्धित गतिविधिहरु वारे निरन्तर रुपमा सूचना आदानप्रदान गर्नुका साथै एक पक्षले अर्को पक्षलाई आ(आफ्‌नो क्षेत्रमा भएको पूर्वाधार विकास, सामाजिक क्रियाकलाप तथा सुरक्षा र सामाजिक विकृति उन्मुलनका लागि गरेका प्रयासको विवरण तथा अन्य प्रकाशन, ब्रोसर र जानकारीमूलक सामग्रीको आदानप्रदान गरिनेछ ।

दुबै पक्षले सामाजिक सहयोग तथा आपसी व्यापारिक सम्बन्ध बलियो तथा सुमधुर बनाउन तथा एकअर्काका सामाजिक तथा व्यापारिक भ्रमणका प्रतिनिधिहरुलाई अधिकतम सहयोग पुर्याउन सहयोग गर्ने छझ, सम्झौताको बुँदा नम्बर तीनमा भनिएको छ ।

उद्योग र व्यापारलाई प्रवर्द्धन गर्न व्यापारिक तथा औद्योगिक प्रदर्शनी, संवाद कार्यक्रम, कार्यशाला गोष्ठी आयोजना लगायत अन्य सामाजिक गतिविधिहरुमा एक पक्षले अर्को पक्षलाई सहयोग गर्ने, आवश्यक परेको खण्डमा दुवै पक्षले संगठनात्मक सम्बन्ध बलियो पार्नका लागि आफ्ना अवधारणा आदानप्रदान गर्न दुवै पक्षका कार्यसमितिको संयुक्त बैठक बस्न सक्ने उल्लेख छ ।  सम्झौता पत्र दुवै पक्षको हस्ताक्षर पश्चात लागु भएकाले जबसम्म दुवै पक्ष मध्ये कुनै एक पक्षले अर्को पक्षलाई तीन महिना अगाडि खारेजीको अग्रिम सूचना नगराएसम्म लागु रहने जनाइएको छ ।

सम्झौता अघि भएको छलफलमा बोल्दै सिद्धार्थका अध्यक्ष श्रेष्ठ, बीरगंजका अध्यक्ष अग्रवाल, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यहरु भीष्मप्रसाद न्यौपाने र डा सुवोधकुमार गुप्ता, बीरगंजका उपाध्यक्ष माधवराज पाल लगायतका उद्योगी(व्यवसायीले सीमा क्षेत्रका व्यवसायीले भोग्दै आएको समस्या समाधानमा एउटै धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनीहरुले सरकारले आफूहरूलाई राम्रो व्यवहार नगर्ने तर कर असुलीको माध्यम मात्रै बनाएको आरोप लगाए । आर्थिक क्षेत्र जर्जर भएका बेला समेत निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन नहुनुले लगानीको वातावरण राम्रो नभएको संकेत गरेको उल्लेख गरे । अब चुप लागेर नबस्ने उनीहरुको चेतावनी छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार