राप्रपाको निष्कर्ष : सरकार निर्माणमा हतारो भयो, भ्रष्टाचारको जरोमा प्रहार भएन्

Ujyalosandeshonline 11543+ समाचार ( )
२ अशोज २०८२, बिहीबार

काठमाडौं । राप्रपा केन्द्रिय कार्य सम्पादन समितिको वैठक सम्पन्न भएको छ । बिहीबार राप्रपा केन्द्रिय कार्य सम्पादन समितिको वैठक पार्टी कार्यालय धुम्बराहीमा बसेको थियो । उक्त बैठकले देहायका निर्णय लिएको हो । राप्रपाले हालको व्यवस्था नै परिवर्तन गर्नुपर्ने कुरालाई जोडका साथ उठाउँदै आन्दोलनका नरसंहारकर्ताहरु कारवाहीको माग समेत गरेको छ । 

जेनजी आन्दोलनका सम्बन्धमा :

१. जेनजी आन्दोलनको क्रमम भएको अकल्पनीय र अपुरणीय धनजनको क्षतिप्रति राप्रपा गहिरो दुःख व्यक्त गर्दछ । यस क्रमम सत्तदत प्रप्स सबैप्रति हार्दिक श्रद्धाञ्जली तथ परिव रजनम गहिरो संवेदन तथ घइतेहरूको शीघ्र स्वस्थ्य लाभको कामन गर्दछ । उद्यमी, व्यवसयीक प्रतिस्ठन, विभिन्न व्यक्तिहरूको निजी सम्पत्ति तथा राप्रपा नेता, कार्यकर्ताहरुको सम्पत्तिमा भएको आगजनी तथ तोडफोडको भत्र्सन गर्दछ ।

२. भदौ २३ र २४ गतेको ऐतिहासिक जेनजी आन्दोलनपछि निर्मित अन्तरिम सरकारप्रति राप्रपाले सरकारले लिने निर्णय र चल्ने कदमका आधारमा सतर्कतपूर्वक आफ्नो दृष्टिकोण तय गर्दै जानेछ ।

३. भ्रष्ट कर्मचारीहरूलई र जेनजी आन्दोलनका नरसंहारकर्ताहरु कारवाही हुनु पर्दछ भन्ने राप्रपाको स्पष्ट धारणा छ ।  कारवाही भएन र फगत सरकार परिवर्तन मात्रै भयो भने यत्रो ठूलो बलिदानको घोर अपमान हुनेछ, यस्तो काम त कांग्रेस एमाले माओवादी संलग्न सरकार आफैले विगतमा गर्दै आएकै थिए ।

४. जेनजीहरूको आन्दोलन मूलरूपम भ्रष्टचारको विरुद्ध थियो । भ्रष्टचार विरुद्धको कुरा राप्रपा स्पष्ट छ कि समस्या नेतृत्वमा मात्र होइन अहिलेको व्यवस्था मै छ । जबसम्म भ्रष्टचारको जगको रुपम रहेको निर्वाचन प्रणाली, राज्य संरचन, संवैधानिक लगायतका नियुक्ति प्रणाली जस्ता विषयहरुमा प्रहार हुँदैन अन्य प्रयत्नले मात्र भ्रष्टाचार अन्त्यमा प्रभाव पर्दैन । यत्रो ठूलो विद्रोह र बलिदान पछिको आन्दोलनका नेतृत्वकर्ताहरूले फगत एकथान सरकार निर्माणमा हतार गर्नुको बदलामा भ्रष्टाचारको जरोमै प्रहार गर्नुपर्ने थियो भन्ने पर्टीको पार्टीको दृष्टिकोण छ ।

५. यत्रो ठुलो विद्रोह र बलिदानीपछि जेनजीले कम्तिम अन्तरिम सरकार, अन्तरिम संविधन र आगामी निर्वाचन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचनाको खारेजी, गैरदलीय स्थानीय तह जस्ता विषयहरूलाई टुङ्ग्यएर मात्रै अगाडि बढ्नुपथ्र्यो । 

६. राप्रपले लामो समयदेखि वर्तमान नेतृत्व र उसले ल्याएको व्यवस्था असफल भइसकेको उदघोष गर्दै आएको परिप्रेक्ष्यमा हालै भएको विद्रोहले त्यसलाई थप पुष्टि गरेको छ । असफल भएको संविधानवाटै कुनैपनि मुलुकलाई अघि बढाउने चेष्ठा गर्नु मुलुकलाई नै असफल बाटोम धकेल्नु हो भन्ने हाम्रो धरण छ ।

७. आन्दोलनम मृत्यु भएका परिवरलाई घोषितलगायत तत्काल पुर्याउन, घाइतेको उपचार, गम्भिर घाइतेहरुलाई उपचार र अशक्तका आधारमा संविधान त अतिग्रस्त भौतिक संरचनाको मुल्यंकनगरी शीघ्र बीमा लगायतका सुविधा उपलब्ध गराउन र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसंग माग गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार