मुख्य समाचार
पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला | लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग | पर्यटन प्रर्द्धनका लागि ‘नेपाल बुझ्न गोरखा जाऔँ’ अभियान | स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने | पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो | केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान | रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने | रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन | टिपर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द |

भैरहवा बहुमुखीमा नेवि संघ: गर्यो अपराध न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम

Ujyalosandeshonline 11514+ समाचार ( )
६ मंगशिर २०८१, बिहीबार

भैरहवा । रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा लागुऔषध तथा अपराध न्यूनीकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम गरिएको छ । बिहीवार नेपाल विद्यार्थी संघको क्याम्पस ईकाइ समितिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा क्याम्पसमा लागुऔषध तथा अपराध न्यूनीकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम गरेको हो ।

युवापुस्ता लागुऔषधको कुलत र जघन्य अपराधमा जोड्दिै गएकोले त्यसको न्यूनीकरण तथा सचेतनाका लागि क्याम्पसका विद्यार्थीहरुको सहभागितामा कार्यक्रम गरिएको नेपाल विद्यार्थी संघको भैरहवा क्याम्पस ईकाइ समितिका सचिव एवं कार्यक्रम संयोजक मोहम्मद उमर बादशाहले बताए ।

भविष्यका कर्णधार रहेका युवाहरु अपराधमा जोडिदै जानु हाम्रो समाज मुलुकको लागि ठिक होइन उनले भने विद्यार्थी अवस्था देखि नै केही युवा अपराधको बाटोमा लाग्ने सम्भावना भएकोले विद्यार्थीहलाई सचेत गराउनका लागि कार्यक्रम गरेका हौँ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब निरीक्षक तिर्थराज गौतमले सहभागीहरुलाई लागुऔषध र अन्य अपराध तथा हुने सजाए लगायतको विषयमा प्रशिक्षण दिएका थिए । उनले लागुऔषधको कुलतमा लागेमा विभिन्न प्रकारले क्षति हुने र क्रमशः व्यक्ति अपराधको बाटोतर्फ लम्किने हुदाँ विद्यार्थीहरुलाई सचेत रहन आग्रह गरे ।

क्याम्पसका विद्यार्थीहरुमा अपराध न्यूनीकरण सम्बन्धि सचेतना फैलाउनले उद्देश्यले कार्यक्रम गरिएको र आगामी दिनहरुमा पनि विद्यार्थीहरुका लागि अन्य कार्यक्रमहरु गरिने कार्यक्रम संयोजक उमर बादशाहले बताए ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका रुपन्देहीका उपसभापति आकाश पौडेल, भैरहवा बहुमुखी क्याम्पस ईकाइ समितिका अध्यक्ष नवराज अर्याल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार