मुख्य समाचार
दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा | अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान | अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन |

विशाल भव्य भगवती जागरण कार्यक्रम हुँदै

Ujyalosandeshonline 12334+ समाचार ( )
१७ अशोज २०८१, बिहीबार

भैरहवा । हिन्दुहरुको सबै भन्दा ठूलो पर्व दशैको अवसर पारेर भैरहवामा विशाल भव्य भगवती जागरण कार्यक्रमको आयोजना हुने भएको छ । 

श्री श्री नव दुर्गा पुजा समारोह समितिको आयोजनामा सप्तमीको अवसर पारी असोज २४ गते भैरहवाको पश्चिमाञ्चल स्कुलको पूर्वी गेट, गल्लामण्डीमा रात्री जागरणको आयोजना हुने भएको छ । 

कार्यक्रमबारे जानकारी दिने उद्देश्यले बिहिबार भैरहवामा आयोजित कार्यक्रममा बोल्दै समितिका अध्यक्ष सियाराम यादवले धर्म संस्कृतिको रक्षा एवम बजार चलायमान बनाउने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको बताए । उनले यस अघि पनि यस्तो कार्यक्रम आयोजना गरिएको बताउदै यस पटक पनि त्यसैलाइ निरन्तरता दिएको बताए । 

कार्यक्रममा प्रमोद चन्चल, रेनु शर्मा, नेहा सिंह, सन्नी सिंह, सन्नी सावरीया लगायतको टीमले भव्य जागरण कार्यक्रम गर्ने कार्यक्रम संयोजक अजय कुमार साहले जानकारी दिए । यस्तै निरज रोमा इन्टरनेसनलको झाकी र डाण्डीया कार्यक्रम गर्ने उनले जनाए । 

कार्यक्रम संयोजक अजय कुमार साह, समितिका अध्यक्ष सियाराम यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समितिका सल्लाहकारहरु गौतम गुप्ता, राजु ढकाल, शत्रुघन पाण्डे, लालमन साह, राहुल यादव, मनोज प्रजापती,  गोविन्द यादव लगायतले बोलेका थिए । कार्यक्रमको सन्चालन समितिका सल्लाहकार मनोज क्षेत्रीले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार