मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |

सन्धिखर्कमा एच.पी.भी. खोप अभियानका लागि अभिमुखीकरण सम्पन्न

Ujyalosandeshonline 12546+ समाचार ( )
२४ माघ २०८२, शुक्रबार

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगरभित्रका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एच.पी.भी.खोप लगाउने तयारी स्वरूप सरोकारवालाहरूसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । नगर खोप समन्वय समितिका अध्यक्ष एवं नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आगामी माघ २७ गतेदेखि फागुन २ गतेसम्म विद्यालय केन्द्रित खोप अभियान सञ्चालन गरिने जानकारी दिइयो ।

नगर प्रमुख श्रेष्ठले किशोरीहरूको स्वास्थ्यसँग जोडिएको यो संवेदनशील अभियानलाई सफल बनाउन सबै पक्षले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्वास्थ्य संयोजक पूर्ण पराजुलीले नगरभित्रका संस्थागत र सामुदायिक विद्यालयका गरी करिब ३९७ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेको जानकारी गराउनुभयो भने कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक प्रकाश परियारले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार