मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

रामनरेश यादव आदर्श नमुना मावि धकधईको विव्यस अध्यक्षमा मिश्र सर्वसम्मत

Ujyalosandeshonline 12455+ समाचार ( )
३ भाद्र २०८३, बुधवार

धकधई । रुपन्देहीको रोहिणी गाउँपालिकास्थित श्री रामनरेश यादव आदर्श नमुना माध्यमिक विद्यालय धकधईको अभिभावक भेला तथा बैठकले नयाँ विद्यालय व्यवस्थापन समिति र सल्लाहकार टोली चयन गरेको छ । ज्येष्ठ सदस्य नवनीतकुमार मिश्रको अध्यक्षतामा बसेको बैठकले मिश्रलाई नै सर्वसम्मत रूपमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । समितिको सदस्यहरूमा महेन्द्रप्रसाद गौड, दुर्गावती कुर्मी ,रीमा कुर्मी र मनोनित सदस्य महेश यादव रहनुभएको छ ।

त्यस्तै पदेन सदस्यमा वडाध्यक्ष वीरबहादुर क्षेत्री र सदस्य–सचिवमा प्रधानाध्यापक इन्द्रकुमार यादव रहनुभएको छ । बैठकले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि प्रमुख सल्लाहकारमा बैजनाथ सहानीलाई मनोनीत गरेको छ । त्यसैगरी विशिष्ट सल्लाहकारमा सतिश मिश्र, बृजेशकुमार जयसवाल, नगेन्द्र धवल र निरज यादवलाई चयन गरिएको छ । बैठकले शिक्षक–अभिभावक संघको अध्यक्ष पदमा रघुनाथ कोहारलाई सर्वसम्मत रूपमा चयन गर्ने निर्णय गरेको विद्यालय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार