मुख्य समाचार
विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी | अर्घाखाँचीमा पेट्रोलियम पदार्थको अभाव छैन, कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने प्रशासनको चेतावनी | अर्घाखाँचीमा वन डढेलो नियन्त्रणका लागि मिनी दमकलसहित दस्ता परिचालन, २४ घण्टामै अनलाइन रिपोर्टिङ गरिने |

गौर भन्सार कार्यालयबाट लक्ष्यभन्दा कम राजस्व संकलन

Ujyalosandeshonline 10781+ समाचार ( )
८ श्रावण २०८२, बुधवार

रौतहट । गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१÷०८२ भन्सार विभागले दिएको लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ मा विभागले दिएको लक्ष्यको ८५.९६ प्रतिशत राजस्व सङ्कलन गरेको थियो भने २०८१÷०८२ मा लक्ष्यको ८४.४१ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सफल भएको हो । 

भन्सार विभागले आर्थिक वर्ष २०८१÷०८२ मा गौर भन्सार कार्यालयलाई ३५ करोड ४३ लाख ७८ हजार रुपियां राजस्व सङ्कलन गर्ने लक्ष्य दिए पनि असुली २९ करोड ९१ लाख ३० हजार रुपियाँ मात्र भएको कार्यालयका नायब सुब्बा एवम् सूचना अधिकारी दिनेश कुमार घिमिरेले बताए ।

कार्यालयका सूचना अधिकारी घिमिरेका अनुसार कोइला आयातमा कमि, रासायनिक मल आयातमा कमि तथा कपडा आयात न्यून भएका कारण विभागले दिएको लक्ष्य कार्यालयले हासिल गर्न नसकेको जानकारी दिए  । गौर भन्सार कार्यालयको राजस्व वृद्धि गर्न कृषि प्लान्ट क्वारेन्टाइनको स्थापना हुनु पर्नेमा उनले जोड दिए । गौर भन्सार कार्यालयबाट आलु प्याज लगायतको तरकारी आयात भएको छैन  ।

अहिले यहा मलंगवा भन्सार कार्यालय तथा बिरगंज भन्सार कार्यालयका नाकाहरुबाट आलु, प्याज लगायतका तरकारीहरु भित्रने गरेका छन । गौर भन्सारबाट तरकारी जन्य पदार्थको भन्सार नकाटिने भएपछि यहाको बिभिन्न नाकाहरुबाट अबैध रुपमा आलु, प्याज, फलफुल लगायतको तस्करी भइरहेको पाइन्छ । 

यदी गौर भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टाइनको व्यवस्था हुने हो भने भन्सार विभागले दिएको लक्ष्य पुरा हुने कार्यालयका प्रमुख विकास कुमार रजकले बताए । प्लान्ट क्वारेन्टाइन नहुदा फलफुल, तरकारी, खाद्यान्य लगायतको गौर भन्सारले राजस्व उठाउन सकेको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार