मुख्य समाचार
आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए |

सिँचाइ नहर निर्माण भएपछि कृषक लाभान्वित

Ujyalosandeshonline 12347+ समाचार ( )
२५ फाल्गुन २०८१, आइतबार

मुगु ˗ छाँयानाथ रारा नगरपालिका –१२ लुम्समा जिल्ला कृषि बिकास कार्यालय मुगुले साना सिँचाई आयोजना अन्तरगर्त साना सिँचाई कार्यक्रमबाट सिँचाईको लागि पक्की नहर निमार्ण भएपछि स्थानिय कृषकहरु निकै खुसी भएका छन् । 

लुक्स बासीको तरकारी तथा अन्न खेति गर्ने जग्गा भएको लुम्स ज्यूलाको अगाडि बाट मुगु नदी बारै महिना बगी रहन्छ तर खेति गर्ने जग्गाको भूभाग अग्लो स्थानमा भएको हुँदा खेति गर्ने र तरकारी लगाउने जग्गामा अन्न तरकारी  खेती गर्दा  आकासको पानिको भर पर्नुपर्ने अवस्था थियो ।

यो वर्ष जिल्ला कृषि बिकास कार्यालयबाट साना सिँचाई कार्यक्रमबाट सिँचाई  नहर निमार्ण भएपछि खोलाको पानि सहज रुपमा सिँचाई गर्ने र बारै महिना तरकारी र अन्य खेति गर्न सहज हुने भएको भन्दै लुम्स गाँउका कृषक कर्मसिंह कठायतले बताए । लुम्स जिउलामा सिँचाई नहर निर्माणपछि शोभा खोलाबाट आएको पानिमा बाँध निमार्ण गरी खेतबारीसम्म नहर पुगेको छ । 

लुम्स गाँउमा रहेको २८ घर परिवारहरुको तरकारी अन्य अन्न उत्पादन गर्ने यही क्षेत्र भएको हुनाले अहिले ५ लाख ५० हजार कृषि विकास कार्यालयको अनुदानमा ८५ मिटर भन्दा बढी लम्बाई सिँचाई कुलो निमार्ण भएपछि स्थानिय नागरीकहरुलाई तरकारी तथा उत्पादन अन्न बालीमा सिँचाई गर्न निकै सहज भएको छाँयानाथ रारा नगरपालिका वडा नम्बर १२ का कृषक चन्द्र बहादुर कठायतले बताए ।

मुगुमा रहेको खेतियोग्य जमिनमा आकासे पानिको भरमा खेति गर्ने क्षेत्र भएको हुनाले आ.व २०८१÷०८२ को बार्षिक कार्यक्रम अनुसार मुगुमा २२ वटा साना सिँचाईका कार्यक्रमको १ करोड ७५ लाख बजेटमा १३ वटा साना सिँचाई निमार्ण भईसकेका छन् । ७ वटा निमार्ण सम्पन्न गर्नको लागि केही काम बाँकी रहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार