मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले तिहार र छठमा प्लास्टिकका माला र पटाका बिक्रीमा प्रतिबन्ध लगायो

अनिल नेपाली 141+ समाचार ( )
२२ अशोज २०८२, बुधवार

सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले यस वर्षको तिहार र छठ पर्वमा प्लास्टिकका माला र पटाकाको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाउने महत्वपूर्ण निर्णय गरेको छ। नगरपालिकाले स्थानीय फूलको प्रयोगलाई प्रोत्साहन गर्न र प्लास्टिकजन्य प्रदूषण कम गर्ने उद्देश्यले यो कदम चालेको हो ।

नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी गराएअनुसार, नगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको छ। यो निर्णयको मुख्य उद्देश्य स्थानीय रूपमा उत्पादित फूलहरूको उपयोग बढाउनु, प्लास्टिकजन्य फूलहरूको आयातलाई निरुत्साहित गर्नु र वातावरण संरक्षणमा योगदान पुर्‍याउनु रहेको उहाँले स्पष्ट पार्नुभयो।

नगरपालिकाले यो निर्णयलाई तत्काल कार्यान्वयनमा ल्याउन सबै वडा कार्यालय, नेपाल प्रहरी, स्थानीय प्रशासन, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स र उद्योग व्यापार संघ लगायतका सरोकारवाला निकायहरूलाई सहयोगका लागि अनुरोध गरेको छ। नगर प्रमुख श्रेष्ठले नगरवासीहरूलाई पनि यस अभियानमा सक्रियतापूर्वक सहयोग गर्न आग्रह गर्नुभएको छ।

श्रेष्ठका अनुसार, यो निर्णयले स्थानीय उत्पादनको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ र प्लास्टिकजन्य प्रदूषणलाई कम गर्न मद्दत पुग्नेछ। यसबाट दीर्घकालीन रूपमा सफा र स्वच्छ नगर निर्माणमा सहयोग पुग्ने विश्वास नगरपालिकाले लिएको छ।नगरपालिकाको यो पहलले चाडपर्वहरूलाई थप वातावरणमैत्री बनाउनुका साथै स्थानीय अर्थतन्त्रलाई टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार