सबै मतभेद हटाएर एक ढिक्का भई अगाडी बढ्न देउवाको आग्रह

Ujyalosandeshonline 12414+ समाचार ( )
२८ चैत्र २०८०, बुधवार

भैरहवा : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले पार्टी एकजुट भएर लाग्नुपर्ने बताएका छन्  छ। नेपाली कांग्रेस ३ नम्बर क्षेत्रिय कार्यसमिति, रुपन्देहीले भैरहवामा आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा सभापति देउवा संक्षिप्त रुपमा बोलेका थिए।

उनले पार्टीका कार्यकर्ताहरुलाई पार्टीको हितको लागि एकजुट भई लाग्न आग्रह गरे। नेपाली कांग्रेसमाथि अहिले धेरै चुनौती आएको बताउदै उनले मतभेदहरु थाती राखेर चुनौतीको सामना गर्नुपर्ने बताए। देउवाले अहिले पार्टीलाई अप्ठयारो पार्ने काम भएकोले सबै मिलेर यसलाई अगाडी बढाउनुपर्ने धारणा राखे।

उनले आफैले उद्घाटन गरेको बिमानस्थल सञ्चालनको लागि पनि आवश्यक पहल गर्ने प्रतिवद्धता समेत जनाए।

यस अघि नेपाली कांग्रेसका क्षेत्रिय सभापति सुशिल गुरुङ्गले गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलप्रति नेपाली कांग्रेसको बिशेष लगाव रहेको बताउदै यसको सञ्चालनमा पहल लिई दिन आग्रह गरे।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै