मुख्य समाचार
दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नुः उपसभामुख ठाकुर | नाट्टाको अध्यक्षमा भरतजङ्ग पाण्डे निर्वाचित | निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री | नवलपरासीमा राप्रपाको जिल्ला अधिवेशन: लिङ्देनद्वारा राष्ट्रिय सहमतिमा जोड | पाल्पामा भन्सार छलीका विद्युतीय सामानसहित दुई जना पक्राउ | जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा | संरक्षणको पर्खाइमा सिसहनिया कोट | दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै | बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै | बाजुरा पहिरो: २० वर्षीया प्रतीक्षाको शव भेटियो, दुई जनाको जीवितै उद्धार |

प्रहरी कर्मचारीमाथि भइरहेको दुर्व्यवहार घटनामा दोषीलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

Ujyalosandeshonline 12051+ समाचार ( )
३० माघ २०८१, बुधवार

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहार घटनामा दोषी जोसुकै भएपनि छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँरलाई निर्देशन दिएका छन् ।

बुधबार बिहान गृहमन्त्रालयमा प्रहरी प्रमुख कुवँरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरुलाई बोलाएर मन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रहरीलाई छानविन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिए ।

मुलुकका केही स्थानमा केही दिन यता सुरक्षाकर्मीमाथि नै कुटपिट दुर्व्यवहार भइरहेका घटनाहरु सार्वजनिक भइरहेको प्रति सचेतना अपनाउँदै शान्ति सुरक्षा कायम गर्न प्रहरी थप सक्रिय भएर लाग्नुपर्नेमा मन्त्री लेखकको जोड दिए ।

उनले भने,‘घटनामा संलग्न जो सुकै संलग्न भए पनि कानुनी प्रक्रियाबाट कारबाही गर्न निर्देशन दिएको छु ।’ मन्त्री लेखकले थप भने,‘समाजमा शान्ति सुरक्षामा खलल् पुर्याउने, समाजको पहरेदारीमा खटिने कर्मचारीमाथि जाइलाग्ने जोकोही भए पनि कानूनी दायरामा ल्याउन भनिसकेको छु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार