मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

शिक्षकहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल राज्यले सम्बोधन गर्नुपर्छ : सांसद श्रेष्ठ

Ujyalosandeshonline 12548+ समाचार ( )
१५ वैशाख २०८२, सोमबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले शिक्षकहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल राज्यले सम्बोधन गर्नुपर्ने बताएकी छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा उनले शिक्षकहरुको आन्दोलनले गर्दा बच्चाहरुको पढ्न पाउने अधिकार गुमि रहेको भन्दै शिक्षकहरुलाई के गरेर विद्यालयमा फिर्ता गर्न सकिन्छ त्यो छिटो गर्न माग गरेकी हुन् ।

उनले भनिन्, ‘हिजो बैसाख १४ गते प्रहरीहरुले शिक्षकहरुमाथि जुन दमन भयो त्यसले गर्दा दर्जनांै शिक्षकहरु अस्पतालमा छन् । उहाँहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल राज्यले सम्बोधन गर्नुपर्यो, शिक्षाको बजेट कति छ त्यो सरकारले यहाँ आएर भन्नुपर्यो र शिक्षकहरुलाई पनि भन्नुपर्यो, पठनपाठनको अवस्था बनाउनुपर्यो । हाम्रो बच्चाहरुको पढ्न पाउने अधिकार गुमि रहेको छ । शिक्षकहरुलाई के गरेर विद्यालयमा फिर्ता गर्न सकिन्छ त्यो छिटो गर्न माग पनि गर्न चाहान्छु ।’ 

यस्तै, उनले शिक्षकहरुले शिक्षा ऐनमा राखिएको कुरा र राजनीतिक दलहरुले राजनीतिक दल सम्बन्धी ऐनले भनेको कुरा पालना गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘शिक्षकहरुलाई पनि भन्न चाहान्छु, शिक्षा ऐनमा राखिएको कुरा तपाईंहरुले पनि पालना गर्नु राजनीतिक दललाई पनि भन्न चाहान्छु राजनीतिक दल सम्बन्धी ऐनले शिक्षकहरुलाई राजनीतिक सदस्यता दिनु हँुदैन् भनेर जुन भनेको छ त्यसको पालना गर्नु र राज्य अधिनायकवाद तर्फ लम्किदै हुनुहुन्छ यसमा आपत्ति जनाउछु ।’उनले यो राज्य अधिनायकवाद र अत्याचार तर्फ हिँडिरहेको भन्दै यसमा गम्भिर ध्यानाकर्षण समेत गराएकी छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार