मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

क्षतिग्रस्त दक्षिणकाली मन्दिरलाई पुरानै अवस्थामा फर्काउने प्रयास

Ujyalosandeshonline 12548+ समाचार ( )
१९ अशोज २०८१, शनिबार

दक्षिणकाली(काठमाडौं)। गत शुक्रबार र शनिबार गएको भिषण बाढी पहिरोमा काठमाडौंस्थित दक्षिण काली मन्दिरमा ठूलो क्षति भएपछि स्थानीय सरसफाइ र संरक्षणमा जुटेका छन् । वडादशैंमा भीडभाड हुने मन्दिर परिसरका अधिकांश संरचना भत्किएको र लेदो माटो पसेकाले स्थानीय जनप्रतिनिधिको अगुवाइमा सरसफाइ गरिएको छ । उक्त कार्यका लागि नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीले पनि साथ दिएका छन् । 

बाढीले मन्दिर परिसरमा लेदो माटो जमेर दर्शन गर्न असहज भएको थियो । तर शनिबार सरसफाइ गरेपछि केही सहज भएको छ । नगरप्रमुख मोहन बस्नेतका अनुसार वर्षाका कारण कसैले पनि कल्पना नगरेको क्षति व्यहोर्नु परेकाले सबै मिलेर मन्दिर सफा गरेको जानकारी दिए । 

‘दशैँको अवसरमा भएको क्षति गम्भीर छ । यसमा सबैले धैर्यताका साथ विपद्लाई सामना गर्नुपर्ने अवस्था छ । नगरपालिका र समितिको संयुक्त प्रयासले गर्दा भक्तजन आउन सहज अवस्था भएको छ,’उनले भने,‘अपाङ्ग र ज्येष्ठ नागरिकहरुका लागि छिटो दर्शन गर्ने वातावरण मिलाएका छौं साथै औषधीको पनि व्यवस्था गरेका छौ ।’

नगरपालिकाको अधिकृत एवं दक्षिणकाली धार्मिक तथा सांस्कृतिक क्षेत्र विकास व्यवस्थापन समितिको कार्यकारी अधिकृत पेशल कुमार पोखरेलले मन्दिरलाई पहिलेकै अवस्थामा ल्याउने प्रयास भइरहेको बताए । नेपाल आर्मी, नेपाल प्रहरी लगायत विभिन्न संघ संस्था, स्वंमसेवक र हामी सबै मिलेर पाँच दिन यता सरसफाइमा जुटिरहेको उनले जानकारी दिए ।

दक्षिणकाली–६ का वडाध्यक्ष शैलेसमान मानन्धरले नगरपालिका, वडा कार्यालय, व्यवस्थापन समिति, नेपाली सेना, नेपाल प्रहरी, नगर प्रहरी र भक्तजनहरुको सहयोगमा बाटो खुलाउने र फोहोरहरु सफा गरेर मन्दिर सुचारु गरिसकेको जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार