मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |
मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |


नयाँ जनादेशले देश विकासका लागि नयाँ ढोका खोल्ने विश्वास छः मुख्यमन्त्री कार्की

Ujyalosandeshonline 12441+ समाचार ( )
तस्बिर : संगीता राई/रासस
७ चैत्र २०८२, शनिबार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ ले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभएका छ । आज यहाँ इटहरीमा आयोजित अवार्ड वितरण समारोहमा उहाँले मिडिया क्षेत्रसँग सहकार्य गर्दै प्रदेश सरकारले विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै यस्तो कार्यक्रमले थप सकारात्मक ऊर्जा प्राप्त भएको उल्लेख गर्नुभयो । 

मुख्यमन्त्री कार्कीले सङ्घीय संरचनाले देशलाई मजबुद बनाएको धारणा राख्दै नयाँ जनादेशले विकासका लागि नयाँ ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो । विगतका कमजोरी सच्याउँदै सबै मिलेर देश विकासमा अघि बढ्नुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीले आफ्नो धारणा राख्नुभएको थियो । उहाँहरूले यस्ता कार्यक्रममा मिलेर अगाडि बढ्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । 

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरूलाई अवार्ड प्रदान गरिएको थियो । कृषि विधातर्फ डिल्लीराज उप्रेती, शिक्षामा उमेश श्रेष्ठ, स्वास्थ्यमा डा वीरेन्द्र विष्ट, सामाजिक विधामा दीनबन्धु गोयल, पत्रकारिता विधमामा अखण्ड भण्डारी, साहित्यमा अनिल पौडेल, खेलकुदमा अञ्जिला तुम्बापो सुब्बा, सूचना प्रविधिमा सरोज राउत, अटोमोबाइलमा विष्णुकुमार अग्रवाललाई अवार्ड प्रदान गरिएको थियो । 

यसैगरी सङ्गीत विधातर्फ प्रमोद खरेल, बैङ्किङतर्फ सन्तोष कोइराला, इन्सोरेन्सतर्फ सन्तोष प्रसाई, पुँजीबजारतर्फ चूडामणि चापागाईं, कर्पोरेटतर्फ मोति दुगड, उद्यमशीलतातर्फ रक्तिम जोशी प्याकुरेल तथा ‘स्टार्टअप’ तर्फ नरकुमार श्रेष्ठलाई अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा जनता बहुमुखी क्याम्पसका डा कृष्णप्रसाद तिम्सिना, राजन श्रेष्ठ, डा कृष्ण दुलाल, राजकुमार कार्की, रमण नेपाल, डा सरदा खड्का, तुलसीप्रसाद घिमिरे र टेकनाथ सिटौलालाई विशेष सम्मान प्रदान गरिएको छ ।

कार्यक्रमका मुख्य सल्लाहकार महाप्रसाद अधिकारीले यस्ता कार्यक्रम निरन्तर रूपमा आयोजना गरे हरेक क्षेत्रमा क्रियाशील व्यक्तित्वमा हौसला बढ्न गई सोहीअनुसार प्रतिफल हासिल हुने बताउनुभयो । नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले कोशी सरकारले आमसञ्चार विधेयक फिर्ता लिएकामा आभार व्यक्त गर्दै अवार्डले सकारात्मक ऊर्जा प्रदान गरेको बताउनुभयो । 

सोही अवसरमा नयन मिडिया फाउन्डेसनले दुर्घटना बिमा कार्यक्रम सुरु गरेको घोषणा गरिएको छ । उक्त कार्यक्रममा पत्रकार महासङ्घका केन्द्रीय महासचिव दाहाल, महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्का र इन्सोरेन्स प्रतिनिधि भेषराज थापाबीच सम्झौता भएको छ । कार्यक्रममा प्रदेशखबर डटकमले सञ्चालन गरेको निर्वाचन विशेष कार्यक्रममा उत्कृष्ट रिपोर्टिङ गर्ने विराटनगरका किशोर बुढाथोकी र झापाका सुरेन्द्र भण्डारीलाई नगदसहित पुरस्कृत  गरिएको छ । 

नयन मिडिया फाउन्डेसनको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले कोशी प्रदेशका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई एउटै मञ्चमा सम्मान गर्दै प्रदेशको पहिचान, सम्भावना र सिर्जनशीलतालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार