रोहिणीमा फेला परेको बेवारिसे शवको पहिचान खुल्यो

Ujyalosandeshonline 11543+ समाचार ( )
२० माघ २०८२, सोमबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३, कदमहवास्थित भैरहवा–परासी सडकखण्डको दक्षिणतर्फ फेला परेको पुरुषको शवको पहिचान खुलेको छ । सुरुमा नाम र ठेगाना नखुलेको अवस्थामा शव भेटिए पनि पछि इलाका प्रहरी कार्यालय धकधईले गरेको अनुसन्धानबाट मृतकको सनाखत भएको हो ।

प्रहरीका अनुसार मृतक रोहिणी गाउँपालिका वडा नम्बर ६ विष्णुपुरवा बस्ने अन्दाजी ६४ वर्षीय सुकाई केवट रहेका छन् । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालयका डीएसपी गणेश सापकोटाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार