मुख्य समाचार
हुम्लामा हिमपातले जनजीवन प्रभावित | कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक | नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति | पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज | ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना | जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा |

प्रहरी महानिरीक्षक खापुङको बिदाइ

Ujyalosandeshonline 12466+ समाचार ( )
२६ कार्तिक २०८२, बुधवार

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रहरी सेवामा रहँदा देखाउनुभएको बौद्धिकता र पेसाप्रतिको दक्षताले प्रहरी कर्मचारीको मनोबल उच्च रहेको बताउनुभएको छ । तीस वर्षे सेवा पूरा गरी आजदेखि अनिवार्य अवकाशमा जान लाग्नुभएका खापुङलाई गृह मन्त्रालयमा बिदाइ गर्दै गृहमन्त्रीले अवकाश जीवनपछि पनि उहाँको अनुभव राष्ट्रलाई खाँचो रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “अवकाश हुँदैमा छुट हुँदैन, राष्ट्रिय जीवनमा तपाईंहरुको योगदान यो मुलुकले अपेक्षा गरिरहने छ ।”गृहसचिव रामेश्वर दङ्गालले प्रहरी सङ्गठनको नेतृत्वमा रहेर खापुङले देखाउनु भएको कार्यकुशलता प्रसंशनीय रहेको बताउनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । प्रहरी महानिरीक्षक खापुङले कुनै पनि सेवामा सफल हुनका लागि सेवाप्रति निष्ठा भाव र लगनशीलता महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार