मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

कोशी प्रदेश प्रहरीमा वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

Ujyalosandeshonline 12342+ समाचार ( )
१६ भाद्र २०८२, सोमबार

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आर्थिक वर्ष २०८२÷८३ का लागि वार्षिक कार्यसम्पादन सम्झौता औपचारिक रूपमा सम्पन्न भएको छ । सम्झौतामा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले हस्ताक्षर गरेका छन्। चालु वर्षका प्रमुख लक्ष्य, कार्ययोजना र सेवा प्रवाह सुधारका विषय सम्झौतामा समावेश गरिएको छ।

डीआईजी कार्कीको नेतृत्वमा प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुख, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश सशस्त्र प्रहरी गण रानी, नेपाल प्रहरी प्रदेश अस्पताल इनरुवा, विपद् व्यवस्थापन गुल्म चन्द्रगढी र नेपाल पुलिस स्कुल धरानका प्रमुखहरूले समेत सम्झौतामा हस्ताक्षर गरेका छन् । कार्यक्रममा सहभागी प्रहरी प्रमुखहरूले प्रहरी सेवालाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन प्रतिबद्धता जनाउँदै आफ्ना क्षेत्रमा वार्षिक लक्ष्य तय गरी समयमै कार्यान्वयन गर्ने अठोट व्यक्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी कार्कीले कार्यसम्पादन सम्झौता केवल कागजी औपचारिकता नभई प्रहरी सेवामा चुस्तदुरुस्त र आम नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सुधार ल्याउने महत्वपूर्ण माध्यम भएको बताए। उनले योजनाबद्ध ढंगले कार्यान्वयन गर्न निर्देशन दिँदै सम्झौता सफल हुने विश्वास व्यक्त गरे ।

सम्झौताअनुसार जिल्ला प्रहरी कार्यालय र अन्य सम्बन्धित निकायहरूले आफ्नो कामको प्रगति विवरण त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा प्रदेश प्रहरी कार्यालयमा बुझाउने व्यवस्था गरिएको छ।हस्ताक्षर कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक पोखरेलसहित कोशी प्रदेश प्रहरी कार्यालयका अन्य अधिकारीहरूको पनि उपस्थिति थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार