मुख्य समाचार
गरुडाको मेयरमा कांग्रेस नेत्री रंगीला देवी जयसवालद्वारा उम्मेदवारी घोषणा | बेनीघाट–तातोपानी सडक खुलाउने काम सम्पन्न | दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे | कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौंः महामन्त्री पौडेल | एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार | सांसद पौड्यालद्वारा मानवसेवा आश्रममा आश्रितहरूसँग दशैंको खुसी साटासाट | अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा | धनुषामा श्रीमान्–श्रीमती मृत फेला | विश्व पोलियो दिवस: भैरहवामा जनचेतनामूलक र्‍याली सम्पन्न | कर्णालीको सुर्खेतमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या उच्च |

प्रदेशस्तरीय छनोट खेल खेल्न जान लागेको रूपन्देहीको महिला क्रिकेट टिमलाई विदाइ

Ujyalosandeshonline 12588+ समाचार ( )
२५ पौष २०८१, बिहीबार

भैरहवा । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रदेशस्तरीय छनोट खेलका लागि रुपन्देहीको टिम दाङको लमहीतर्फ प्रस्थान गरेको छ । लुम्बिनी प्रदेशस्तरीय छनोट खेलका लागि रुपन्देही क्रिकेट संघले जिल्लास्तरीय टिम छनोट गरेको थियो ।

बिहीबार छनोट खेल खेल्ने जाने जिल्लाको टिमलाई सिद्धार्थनगर नगरपालिका प्रमुख उमा अधिकारी, रुपन्देही क्रिकेट संघका कार्यबाहक अध्यक्ष धीरज अधिकारी क्षेत्री, कोषाध्यक्ष निरजप्रताप खाँण, संघका पदाधिकारी तथा सदस्य र प्रशिक्षकले विदाई गरे ।

महिला खेलाडीलाई विदाई गर्दै उनीहरुले सफलता शुभकामना व्यक्त गरे । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट आगामी महिना धनगढीमा हुँदैछ । लमहीमा लुम्बिनी प्रदेशका सबै जिल्लाका टिमबीच प्रतिस्पर्धा गराई त्यसबाट उत्कृष्ट खेलाडी छनोट गरी लुम्बिनी प्रदेशको एउटा टिम बनाइने छ ।

रुपन्देही जिल्लाको टिममा सरु तिवारी (कप्तान), श्रुती बुद्धथोकी (विकेटकिपर), कृति अधिकारी, अन्जी पाठक, सन्ध्या चापागाईं, कविता खड्का, आँचल मगर, सीमा थापा, ममता जी.सी., बिपना खत्री, आराध्या अर्याल, सलिना नेपाली, आबिदा पठान र मनिता नेपाली छन् । यस्तै, अतिरिक्त खेलाडीहरूमा अंकिता यादव, सुहानीकुमारी अग्रहरी, बन्दना गौतम र अनुष्का शाही रहेको संघका कार्यबाहक अध्यक्ष क्षेत्रीले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार