मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

‘भारतीय पर्यटकले बोक्न पाउने नगद रकमको दायरा बढाउनुपर्छ’

Ujyalosandeshonline 12611+ समाचार ( )
१५ चैत्र २०८०, बिहीबार

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले भारतीय पर्यटक आउँदा साथमा ल्याउन पाउने रकमको दायरा बढाउनुपर्ने बताएका छन् । 

बिहीबार समितिको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघसँग पर्यटन तथा हवाई उड्डयन सम्बन्धी विषयमा छलफल बोल्दै उनले बाहिर आउनेले जति खर्च गर्छन् त्यो नेपालकै हितमा हुने भन्दै रकमको दायरा बढाउन पहल गर्नुपर्ने बताएका हुन् । 

उनले भने,‘नेपाल सरकारले त्यसमा आपत्ति जनाउनुपर्ने कुनै कारण नै छैन । बाहिरबाट आउने मानिसले जति खर्च गर्छन् त्यो त नेपालको फाइदा कै कुरा हो । के कारणले यो तोकियो हामी सबैले समन्वय गरेर जसरी हुन्छ हामीले यो सीमिततालाई बढाउनुपर्छ ।’ 

समितिको अर्को बैठकमा सम्बद्ध मन्त्रीहरुसँग यस विषयमा छलफल गरी निष्कर्षमा पु¥याउने जानकारी उनले दिए । उनले भने,‘अर्को बैठकमा अर्थ, पर्यटन, कानुन तीन वटै मन्त्रीसँग यिनै विषयमा आधारित रहनेगरी छलफल अगाडि बढाउने प्रयास गर्छाैं ।’ 

सरकारी नियमअनुसार हाल एक जना भारतीय पर्यटकले भारु २५ हजार मात्र नगद साथमा ल्याउन पाउने व्यवस्था छ । रकम बोक्न पाइने दायरा सीमित भएका कारण नेपाल आएका भारतीय पर्यटकले चाहेर पनि त्यो भन्दा बढी खर्च गर्न पाउँदैनन् । 

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले तयारी अवस्थामा रहेका दुई अन्तर्राष्ट्रियस्तरका एयरपोर्ट सञ्चालनमा ल्याउन आग्रह गरे । अन्तर्राष्ट्रिय उडान हुनेगरि पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउन सके पर्यटक धेरै भित्रिने सम्भावना रहेको भन्दै उनले यसमा जति सक्दो चाँडो पहल गर्नुपर्ने बताए ।  

उनले भने, ‘हाम्रा दुई वटा एयरपोर्टहरु तयारी अवस्थामा छन्, तिनीहरु सञ्चालनमा भने आउन सकेका छैन्न । त्यसैले हाम्रो आग्रह छ भने त्यसलाई जति सक्दो चाँडो सञ्चालनमा ल्याउन पर्छ । जति चाँडो यी दुई एयरपोर्टहरुको अपरेसन गर्न सक्यो वास्तवमा पर्यटकको धेरै सम्भावना छ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार