मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

‘भारतीय पर्यटकले बोक्न पाउने नगद रकमको दायरा बढाउनुपर्छ’

Ujyalosandeshonline 12321+ समाचार ( )
१५ चैत्र २०८०, बिहीबार

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले भारतीय पर्यटक आउँदा साथमा ल्याउन पाउने रकमको दायरा बढाउनुपर्ने बताएका छन् । 

बिहीबार समितिको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघसँग पर्यटन तथा हवाई उड्डयन सम्बन्धी विषयमा छलफल बोल्दै उनले बाहिर आउनेले जति खर्च गर्छन् त्यो नेपालकै हितमा हुने भन्दै रकमको दायरा बढाउन पहल गर्नुपर्ने बताएका हुन् । 

उनले भने,‘नेपाल सरकारले त्यसमा आपत्ति जनाउनुपर्ने कुनै कारण नै छैन । बाहिरबाट आउने मानिसले जति खर्च गर्छन् त्यो त नेपालको फाइदा कै कुरा हो । के कारणले यो तोकियो हामी सबैले समन्वय गरेर जसरी हुन्छ हामीले यो सीमिततालाई बढाउनुपर्छ ।’ 

समितिको अर्को बैठकमा सम्बद्ध मन्त्रीहरुसँग यस विषयमा छलफल गरी निष्कर्षमा पु¥याउने जानकारी उनले दिए । उनले भने,‘अर्को बैठकमा अर्थ, पर्यटन, कानुन तीन वटै मन्त्रीसँग यिनै विषयमा आधारित रहनेगरी छलफल अगाडि बढाउने प्रयास गर्छाैं ।’ 

सरकारी नियमअनुसार हाल एक जना भारतीय पर्यटकले भारु २५ हजार मात्र नगद साथमा ल्याउन पाउने व्यवस्था छ । रकम बोक्न पाइने दायरा सीमित भएका कारण नेपाल आएका भारतीय पर्यटकले चाहेर पनि त्यो भन्दा बढी खर्च गर्न पाउँदैनन् । 

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले तयारी अवस्थामा रहेका दुई अन्तर्राष्ट्रियस्तरका एयरपोर्ट सञ्चालनमा ल्याउन आग्रह गरे । अन्तर्राष्ट्रिय उडान हुनेगरि पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउन सके पर्यटक धेरै भित्रिने सम्भावना रहेको भन्दै उनले यसमा जति सक्दो चाँडो पहल गर्नुपर्ने बताए ।  

उनले भने, ‘हाम्रा दुई वटा एयरपोर्टहरु तयारी अवस्थामा छन्, तिनीहरु सञ्चालनमा भने आउन सकेका छैन्न । त्यसैले हाम्रो आग्रह छ भने त्यसलाई जति सक्दो चाँडो सञ्चालनमा ल्याउन पर्छ । जति चाँडो यी दुई एयरपोर्टहरुको अपरेसन गर्न सक्यो वास्तवमा पर्यटकको धेरै सम्भावना छ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार