मुख्य समाचार
ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व सङ्कलन | कालीगण्डकी करिडोरः कैकुखोलामा पक्की पुल निर्माण | रासायनिक मललाई प्रतिस्थापन गर्दै गँड्यौला मल | पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने | नारायणगढ-मुग्लिन सडक अवरुद्ध | डीआईजी खत्रीद्वारा रुपन्देहीका सीमावर्ती प्रहरी इकाइको निरीक्षण; सुरक्षा व्यवस्था कडा पार्न निर्देशन | कर्णाली विकासमैत्री कार्यक्रम तथा बजेट निर्माण मुख्यमन्त्री कँडेलको आग्रह | पोखरा विमानस्थल प्रकरणः १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर | सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन | कबुलियत गराएर भन्सार जाँचपास थालियो |

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युतको उद्घाटन

Ujyalosandeshonline 11200+ समाचार ( )
१४ श्रावण २०८२, मङ्गलबार

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सिचाईँतर्फको थप सिँचाइ, जलविद्युत र प्रसारण लाइनको आज उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले थप १४ हजार ३०० हेक्टरमा सिँचाई सुविधाको सिँचाइ आयोजना र ४ दशमलव ७१ मेगावाट जलविद्युत तथा प्रसारण लाइनको उद्घाटन गरेका हुन् । 

कैलालीको जानकी गाउँपालिका वडा नं ९ कटासेस्थित सिँचाइ नहरमा विद्युत उत्पादन भएर ३३ केभी प्रसारण लाइनमा जोडिएको छ । राष्ट्रिय गौरवको आयोजना रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणका कार्यक्रम सम्पन्न भई अब तेस्रो चरणका कार्यक्रम शुरु भएका छन् । 

आयोजनाले विगतमा टीकापुर, लम्कीचुहा र जानकी गाउँपालिकामा सेवा दिँदै आएकामा तेस्रो चरणमा भजनी, जोशीपुर, बर्दगोरिया, घोडाघोडीलगायतका पालिकामा सिँचाइ विस्तार र कृषि उत्पादन वृद्धि गर्नेछ । प्रधानमन्त्री ओलीले सो आयोजनालाई नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भन्दै यसले नेपालको ग्रामीण जीवनशैली, कृषि उत्पादन, ऊर्जा आत्मनिर्भरता र खाद्य सुरक्षाको चित्रण गर्ने बताए । 

प्रधानमन्त्री ओलीले १२० वर्षअघिको स्थानीय किसानको सामूहिक प्रयास र परम्परागत सीपबाट सुरु भएको रानी जमरा कुलरिया प्रणालीलाई आधुनिक स्वरूपमा विस्तार गरिएको उल्लेख गर्दै स्थानीय सहभागिता र सरकारको समन्वयबाट आजको सफलताको जग खडा भएको बताए । प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका सिंचाई आयोजना—सिक्टा, बबई, महाकाली तेस्रो, भेरी–बबई र सुनकोशी–मरिन बहुद्देश्यीय आयोजना—यथाशीघ्र सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन समेत दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार