मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

कसले भन्यो कांग्रेस डुब्स भनेर, हामी बचाउँछौं : गगन थापा

Ujyalosandeshonline 12547+ समाचार ( )
२० पौष २०८१, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काङ्ग्रेस डुब्छ भन्ने हल्ला मात्र भएको बताएका छन् । शनिबार पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले बेला बेलामा पार्टीका नेताले अधिवेशन नै नहुने खतरा, पार्टी नै डुब्ने खतरा भनेर चर्चा गर्नुको अर्थ नभएको बताए ।

उनले भने, ‘पञ्चायतको प्रतिबन्धित कालमा समेत पार्टी सञ्चालन गरेर आएका हामी अहिले यस्तो आनन्दको अवस्थामा छौ । बेला बेलामा पार्टीको नेताले भनेको सुनिन्छ, अधिवेशन नै नहुने खतरा छ, पार्टी नै डुब्ने खतरा छ । कहाँबाट कसले डुबाउछ पार्टी, त्यसै डुब्छ पार्टी छैनौ । जो जो नेताले मञ्चमा आएर अधिवेशनको बारेमा धेरै कुरा गर्नुहुन्छ उही नेताको निर्वाचन क्षेत्रमा के भईरहेको छ भन्ने कुरा सार्वजनिक गरिदिनसक्छु ।’

यसको साथै, उनले नयाँ पार्टी र स्टन्डबाजहरूले गाली गरेको भरमा सबैजना   अल्मलिएको भन्दै अब अल्मलिन नहुने बताए । उनले भने, ‘पार्टीको काँधमा यति ठूलो जिम्मेवारी छ । एउटा नयाँ आयो आयो भनेजस्तो स्टन्डबाजहरू आएका छन्, हल्ला गरेका छन् । तपाईंहामी सबैलाई गाली गरेका छन् । आन्दोलन र त्यसको डिफेन्स गरेका छन् । हामी सबै जना अल्मलिएका छौं । अब अल्मलिनु हुँदैन ।’चैत्र महिनाभित्र नवीकरण नहुने क्रियाशील सदस्यको अब नवीकरण नहुने पनि उनको भनाई छ । 

उनले भने, ‘चैत्र महिनाभित्र नवीकरण नगर्ने काम सक्नुपर्ने छ । त्यसको शूल्क २ सय हो । चैत्र महिनाभित्र नवीकरण नहुने क्रियाशील सदस्यको अब नवीकरण हुँदैन । यो क्यालेन्डर हो, जुन जिल्लाले दिइएको समयभित्र क्षेत्रलाई क्रियाशील दिएन भने जिल्लाले दिएको त्यो क्रियाशील फार्मको नम्बर माथि फ्रिज गरिदिन्छौं । क्षेत्रले तलको तहलाई दिएन भने क्षेत्रको फ्रिज गरिदिन्छौं र तल पठाउँछौं ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार