मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

युवाको सोच र नवप्रवर्तनमा सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12552+ समाचार ( )
२८ श्रावण २०८२, मङ्गलबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सक्रिय भई परिवर्तनका वाहकको भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री आचार्यले युवाहरूको उत्साह, चाहना र सोचका आधारमा सरकारले उद्यमशीलताको विकासमा ध्यान दिएको उल्लेख गर्नुभयो । उहाँले युवालाई परिवर्तनका वाहकको भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो ।

`युवाको ऊर्जा, सिर्जनशीलता र नवप्रवर्तनबाटै समृद्धिकाे आकांक्षा पूरा गर्न सक्छौं । सकारात्मक सोच र निरन्तरको प्रयासले मात्र समृद्धिको सपना पूरा हुने भएकाले यस अभियानमा सबै मिलेर अघि बढ्न जरुरी छ,´ शुभकामना सन्देशमा भनिएको छ । `युवाहरू भविष्यका आधार मात्र होइनन्, वर्तमानका साझेदार पनि हुन् । युवाहरूको उत्साह र जोशलाई उत्पादनमा जोड्नु नितान्त आवश्यक छ ।´

उहाँका अनुसार लुम्बिनी प्रदेश सरकारले युवाको सोच र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै उद्यमशीलता, स्थानीय उत्पादनको प्रवर्द्धन र स्टार्टअप योजनामा विशेष ध्यान दिएको छ । विशेषगरी युवा पुस्तालाई लक्षित गर्दै  उत्पादनमुखी र रोजगारीमुखी कार्यमा संलग्न गराउने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । सन् १९९९ मा संयुक्त राष्ट्रसंघले अगस्ट १२ लाई युवाको योगदान, अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा घोषणा गरेको हो । सन् २००० देखि यो दिवस विश्वभर मनाइँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार