मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

हिमपात नहुँदा सुक्न थाले हिउँदेबाली, किसान चिन्तित

Ujyalosandeshonline 11768+ समाचार ( )
२५ माघ २०८१, शुक्रबार

मुगु । माघ महिनाको तेस्रो साता बितिसक्दा पनि मुगुलगायत जुम्ला, डोल्पा, कालीकोट, हुम्ला जस्ता हिमाली जिल्लामा हिमपात नहुँदा कृषकले लगाएको हिउँदे अन्नबाली खेतमै सुक्न थालेको छ । जसका कारण भोकमरीको त्रास थपिएको छ । 

मुगुसहित हिमाली जिल्लाका कृषकहरुले लगाएको हिउँदे अन्नबाली जै, गहुँ, उवा, तरकारी स्याउका बिरुवा खडेरीका कारण केही किसानले बाली नउम्रने जग्गा खाली भएका छन् भने उमे्रको अन्नबाली खेतबारीमै सुक्न थालेको छ ।

बिगतका बर्षहरुमा पुुस, माघ महिनामा धेरै हिउँपर्ने भएकाले खेतबारी ओसिलो भइरहने र अन्नबाली फस्टाउने गरेको थियो । तर यसबर्ष हिउँ नपर्दा खेतबारीमा लगाएको अन्नबालीसहित ,बनजङ्खल समेत सुख्खा भएका छन् ।

सिंचाइका लागि कुलो नहर नभएको, खेतीयोग्य जमिन सबै आकाशे पानीको भरमा खेती गर्नुपर्ने अवस्था रहेको छ । हिउँपानी नपर्दा बाली नफस्टाउने भएकाले भोकमरी हुनसक्ने सम्भावन रहेको छाँयानाथ रारा नगरपालिका–९ मुर्माका कृषक बीर्खबहादुर सोकायाले बताए ।

मुगु जिल्लामा १७ सय ८५ केक्टर क्षेत्रफलमा खेतीयोग्य जमिन लगाएको अन्नबालीमध्ये ७० प्रतिशत भन्दा बढी आकाशे हिउँ पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ । बिगत तीन चार बर्ष यता बेलामौका पानी नपरेकाले समस्या भोग्दै आएका कृषकहरु यसबर्ष माघ महिनाको तेस्रो साता बितिसक्दा पनि हिउँ र पानी नपर्दा कृषक तनावमा छन् ।

सरकारले साना सिंचाइका कार्यक्रम संचालन गरेपनि त्यो अपुग भएको छ । विशेषगरी पछिल्लो समय जलवायुको प्रत्यक्ष असरका कारण हिउँ–पानी नपरेको, पानीका मुहानहरु सुक्दै गएकाले कृषकलाई समस्या भएको जिल्ला कृषि बिकास कार्यालय मुगुका कृषि प्रचार अधिकृत तथा सुचना अधिकारी अनुज कुमार मण्डलले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार