मुख्य समाचार
खुनवा नाकामा ६ किलो बढी चाँदीका गहनासहित एक जना पक्राउ | पश्चिम नवलपरासीमा रामग्राम नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | देउडा खेल्दै स्थानीय | उत्पीडित वर्गको उत्थान गर्न जरुरी छः अध्यक्ष यादव | ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल | होराइजन गौतम बुद्ध कलेजका विद्यार्थीद्वारा अनाथ आश्रमका बालबालिकालाई दर खुवाउने कार्यक्रम सम्पन्न | भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल | रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै तेस्रो दिन पनि रिले अनसन जारी |

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

Ujyalosandeshonline 12301+ समाचार ( )
२८ भाद्र २०८३, आइतबार

वीरगञ्ज (पर्सा)।वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्ममा सडक विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ । हेटौँडास्थित सडक डिभिजन कार्यालय इन्जिनियर तथा वीरगञ्जका लागि तोकिएका प्रतिनिधि दुर्गाप्रसादले नेपाल टेलिकमको भवन र माइस्थान नजिकै सडक विस्तारका क्रममा उत्पन्न विवाद आज समाधान गरी भोलिसम्ममा काम सम्पन्न गर्ने लक्ष्य रहेको राससलाई जानकारी दिनुभयो ।  उहाँका अनुसार नापजाँचको कामसमेत एक साताभित्र पूरा गर्ने योजना छ ।

उहाँले सडक सीमाभित्र रहेका अधिकांश संरचना हटाइसकिएको र बाँकी संरचना हटाउने काम तीव्र गतिमा भइरहेको बताउनुभयो । अहिले सिद्धार्थ बैंक, पमपम बिल्डिङ र हनुमान मन्दिर पछाडिका केही संरचना हटाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । सडक विस्तारका क्रममा घरधनीले आंशिक रूपमा मात्रै संरचना भत्काएका कारण अधुरा रहेका संरचना हटाउने कामसमेत तीव्र गतिमा भइरहेको उहाँले बताउनुभयो । 

सडक डिभिजन कार्यालयले पहिलो चरणमा गत वैशाख ६ र ७ गते मुख्य सडकको दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने करिब एक हजार २०० घर तथा भवनका अगाडिका भाग डोजर प्रयोग गरी हटाएको थियो । सडक विस्तारका लागि उत्तरतर्फ गण्डक क्षेत्रबाट र दक्षिणतर्फ मितेरी पुलबाट एकैसाथ आधा दर्जनभन्दा बढी डोजर परिचालन गरिएको थियो । सडक सीमाभित्र परेका संरचना २५ दिनभित्र आफैँ हटाउन सम्बन्धित घरधनीलाई आग्रह गरिएको थियो । तोकिएको समयसीमाभित्र धेरै संरचना नहटाइएपछि सडक डिभिजन कार्यालयले गत असार २० गतेदेखि पुनः डोजर परिचालन गरी दोस्रो चरणको अभियान सुरु गरेको इन्जिनियर दुर्गाप्रसादले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार