मुख्य समाचार
लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिँदै | चापाकोटमा सीसीटीभी क्यामेरा जडान, प्रहरीलाई हस्तान्तरण तथा सम्मान | ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की | धकधई बजारमा सरसफाइ तथा ट्राफिक जनचेतना कार्यक्रम | कालोपत्र सडक | उडानविहीन गौतमबुद्ध विमानस्थल: एकातिर सुनसान, अर्कोतिर ज्यालादारी र करार कर्मचारीको ओइरो | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै | स्रोत शिक्षकसँग कार्यसम्पादन सम्झौता | आहा ! मनमोहक रसुवाको भाँङ्गे झरना |
मुख्य समाचार
लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिँदै | चापाकोटमा सीसीटीभी क्यामेरा जडान, प्रहरीलाई हस्तान्तरण तथा सम्मान | ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की | धकधई बजारमा सरसफाइ तथा ट्राफिक जनचेतना कार्यक्रम | कालोपत्र सडक | उडानविहीन गौतमबुद्ध विमानस्थल: एकातिर सुनसान, अर्कोतिर ज्यालादारी र करार कर्मचारीको ओइरो | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै | स्रोत शिक्षकसँग कार्यसम्पादन सम्झौता | आहा ! मनमोहक रसुवाको भाँङ्गे झरना |


मादल बिक्री नभएपछि व्यवसायी निराश

Ujyalosandeshonline 12009+ समाचार ( )
४ कार्तिक २०८२, मङ्गलबार

ढोरपाटन (बागलुङ) ।  पाँच वर्षअगाडिसम्म निसीखोलाका तुबहादुर परियारले मादल व्यवसायबाटै आफ्नो घरखर्च चलाउँदै आउनुभएको थियो । मादल बनाएर ३० वर्षदेखि जीविकोपार्जन गर्दै आउनुभएका उहाँलाई अहिले परिवार पाल्न हम्मेहम्मे भएको छ ।   

परियारले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आउनुभएको थियो । तर, अहिले मादल बिक्न छोडेपछि गिट्टी कुट्ने र बालुवा बोक्ने गर्नुहुन्छ । मादल व्यवसाय सङ्कटमा परेपछि उहाँले पेसा बदल्नु परेको छ । बुबा, बाजे र दाइहरुबाट सिकेको सीपले परियारलाई सात वर्ष अगाडिसम्म परिवार पाल्न सहज थियो । अहिले छोराहरु विदेश पलायन भएका छन् । 

परियारले आफूसँग भएको सीप नबिकेपछि पेसा परिवर्तन गर्नु परेको दुःखेसो गर्नुभयो । उहाँ भन्नुहुन्छ, “मलाई ५÷७ वर्ष पहिलेसम्म परिवार चलाउन समस्या थिएन, मादल बिक्री गरेरै नौ जनाको परिवार चलाएको थिए, छोराछोरी पढाएको थिए, अहिले अरू काम गर्नुपर्छ, मादल बिक्री हुँदैन, बिक्री नहुने काम किन गर्ने भनेर त्यो काम गर्नै छोडेँ, अहिले गिट्टी बालुवा कुटेर पेट पालेको छु ।”   

परियारले पहिले बाह्रै महिना मादलको माग आउने गरेको र पछि–पछि चाडबाडको बेला मात्र ग्राहक आउने गरेको बताउनुभयो । उहाँले कुनै बेला आफूलाई मादल बनाउन भ्याइनभ्याइ हुनेको गरेको स्मरण गर्दै अहिले केही ग्राहक आएपछि आफूले पहिले बनाएर राखेका मादल बेच्ने गरेको बताउनुभयो । मादलको मूल्यसमेत घटेको परियार बताउनुहुन्छ ।  

“मेरो पसलमा पहिले बाह्रैमास मादल किन्नेहरु आउँथे, हरेक महिना कम्तीमा १० मादल बिक्री गर्थे, मादल बनाउन भ्याइनभ्याइ हुन्थ्यो, बिहान उठेदेखि रातिसम्म नसुतुन्जेलसम्म मादल बनाइरहन्थे । कमाई पनि राम्रो हुन्थ्यो, वर्षमा झन्डै पाँच लाख कमाई गर्थे,” परियारले भन्नुभयो, “अहिले मादल किन्न बेला मौकामा एक÷दुई जना आउँछन्, उनीहरुलाई पहिले बनाएको मादल दिएर पठाउँछु, पहिलेको जस्तो मूल्य पनि पर्दैन, मैले एउटा मादलको रु एक हजार २०० देखि रु पाँच हजारसम्ममा बेच्ने गर्थे ।”     

परियारले तिहारको बेला मादलको बढी माग हुने गरेको बताउनुभयो । गाउँ तथा सहरमा देउसी–भैलो खेल्नेहरुले मादल किन्ने गरेको भन्दै अहिले मादलको सट्टा ठूला–ठूलो साउन्ड सिस्टमहरु किन्ने गरेको उहाँको भनाइ छ । “तिहार आयो कि मादल किन्नेको भीड लाग्थ्यो, अहिले देउसी–भैलो खेल्ने प्रचलनमा पनि विकृति ल्याएको छ,” उहाँले भन्नुभयो ।

ढोरपाटन–२ का मकरबहादुर नेपालीले पनि मादल व्यवसाय गरेको १४ वर्ष भयो । उहाँको पनि अचेल मादल कमै बिक्री हुन्छ । वार्षिक एक हजार २०० बढी मादल बेच्ने उहाँले अहिले ५० वटा पनि बिक्री गर्न नसकेको बताउनुभयो । पहिले आफ्नो पसलमा निसीखोलासँगै, ढोरपाटन, तमान, रोल्पा र रुकुमदेखि मादल किन्ने ग्राहक आउने गरेको स्मरण गर्दै अहिले पसल सुनासन रहेको बताउनुभयो ।  

“चार वर्ष भइसक्यो मादल कम बिक्छन्, तिहार आउने बेला अलिअलि बिक्री त हुन्छ, यस बेला मात्रै मादल बेचेर दुई महिना पनि खान पुग्दैन, तिहारको बेला त मादल किन्ने ग्राहकको लाइन हुन्थ्यो, अहिले बिक्री नै हुँदैनन्,” नेपालीले भन्नुभयो, “वर्षभरि मादल बनायो, बिक्री हुन्न, अब अरू नै काम गर्नुपर्ने भयो, अब यसबाट परिवार पाल्न सकिने भएन ।”  

नेपालीले सूचना र प्रविधिको विकासका कारण मादल बिक्रीमा कमी आएको बताउनुभयो । उहाँ मादल मौलिकता र परम्परासँग जोडिएको बाजा भएको भन्दै आधुनिकताले मादल व्यवसाय पनि सङ्कटमा पर्न थालेको बताउनुहुन्छ । अहिले चाडबाड तथा मेला महोत्सवमा मादल, बाजाहरु बज्नै छोडे र बाजाको ठाउँमा ठूलाठूला स्पिकर र साउन्ड सिस्टमहरुको प्रयोग हुन थालेको नेपालीको भनाइ छ ।   

“आजभन्दा १० वर्ष पहिले गाउँमा मादलको महत्व निकै थियो, मेला महोत्सव, विवाह व्रतबन्धमा मादल घन्किने गर्थे, विद्युत्को पहुँच थिएन, माइक, स्पिकर र राउन्ड सिस्टमको आएका थिएनन्,” उहाँले भन्नुभयो, “अब मादल र बाजाहरु हराउँदै जाने खतरा छ, मेला महोत्सवमा पनि बाजा र मादल बज्न छोडे ।”अब विद्युतीय सामग्रीको माग बढेको छ । बुर्तिबाङ बजारमा विद्युतीय सामग्री बेच्दै आउनुभएका जीवन शर्माले पछिल्लो समय ठूला–ठूला साउन्ड सिस्टम र माइकको माग बढेको बताउनुभयो । रासस

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार