मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

क्यानडाविरुद्ध नेपालको दोस्रो जित

Ujyalosandeshonline 12611+ समाचार ( )
२७ माघ २०८०, शनिबार

काठमाडौं । क्यानडाविरुद्धको दोस्रो तीनदिने एकदिवसीय क्रिकेटको दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा भेटेको छ । २९ बल बाँकी छँदै नेपालले लक्ष्य भेटेको हो ।

नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०, भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे ।

यसअघि टस जितेर क्यानडाले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन बनाएको थियो ।

क्यानडाको ब्याटिङमा आरोन जोन्स र नवनीत ढालिवालले पहिलो विकेटमा १९ ओभरभित्र ९४ रनको साझेदारी गरेर राम्रो सुरुआत गरेका थिए । डेब्यु गरिरहेका आकाश चन्दले ढालिवाललाई आउट गरी उक्त साझेदारी तोडेका थिए । ढालिवालले ६० बल खेल्दा ८ चौकासँगै ४६ रन बनाए । जोन्सले रनआउट हुनुपूर्व ६२ बल खेल्दा १० चौका र २ छक्का प्रहार गरी ६५ रन बनाए ।

प्रगत सिंहले ३८, निकोलस कीर्तनले २०, हर्ष ठाकेर ३, दिलप्रित बाज्वा १९, कप्तान साद बिन जाफर १ र साहिद अहमदले १३ रन बनाएका थिए । श्रेयस मोभ्भाले ४० र भगवानले २२ जोडेका थिए । 

बलिङतर्फ नेपाली टिमका रोहित र कुशलले २–२ विकेट लिए भने सूर्य तामाङ, आकाश, सोमपाल कामी र पवन सर्राफले १–१ विकेट लिए । नेपालले कुशल भुर्तेल, आरिफ शेख र ललित राजवंशीलाई शनिबार प्लेयिङ ११ बाहिर राखेको थियो । 

दोस्रो एकदिवसीय क्रिकेट शृंखलाका दुई खेल नेपालले जितेको छ । तेस्रो खेल सोमबार हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार