मुख्य समाचार
राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु | अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन | सर्लाहीका सीमा नाकामा परिचयपत्र अनिवार्य | धनुषाको कर्फ्यू आदेश निरन्तर, अत्यावश्यक सेवा र आवतजावतमा सहजीकरण | सुनसरी घटनामा गृह मन्त्रालय र पीडित पक्षबिच ६ बुँदे सहमति | बेलहियाबाट अवैध कल बाईपास सञ्चालन गरेको आरोपमा एक पुरुष पक्राउ | सामाजिक सद्भाव र भाइचारा कायम राख्न पूर्वराजा ज्ञानेन्द्रको आग्रह | जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी | देशभर मनसुनी वायुको प्रभाव: पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना | सुनसरीको सुरक्षा स्थितिबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ |

क्यानडाविरुद्ध नेपालको दोस्रो जित

Ujyalosandeshonline 11853+ समाचार ( )
२७ माघ २०८०, शनिबार

काठमाडौं । क्यानडाविरुद्धको दोस्रो तीनदिने एकदिवसीय क्रिकेटको दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा भेटेको छ । २९ बल बाँकी छँदै नेपालले लक्ष्य भेटेको हो ।

नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०, भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे ।

यसअघि टस जितेर क्यानडाले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन बनाएको थियो ।

क्यानडाको ब्याटिङमा आरोन जोन्स र नवनीत ढालिवालले पहिलो विकेटमा १९ ओभरभित्र ९४ रनको साझेदारी गरेर राम्रो सुरुआत गरेका थिए । डेब्यु गरिरहेका आकाश चन्दले ढालिवाललाई आउट गरी उक्त साझेदारी तोडेका थिए । ढालिवालले ६० बल खेल्दा ८ चौकासँगै ४६ रन बनाए । जोन्सले रनआउट हुनुपूर्व ६२ बल खेल्दा १० चौका र २ छक्का प्रहार गरी ६५ रन बनाए ।

प्रगत सिंहले ३८, निकोलस कीर्तनले २०, हर्ष ठाकेर ३, दिलप्रित बाज्वा १९, कप्तान साद बिन जाफर १ र साहिद अहमदले १३ रन बनाएका थिए । श्रेयस मोभ्भाले ४० र भगवानले २२ जोडेका थिए । 

बलिङतर्फ नेपाली टिमका रोहित र कुशलले २–२ विकेट लिए भने सूर्य तामाङ, आकाश, सोमपाल कामी र पवन सर्राफले १–१ विकेट लिए । नेपालले कुशल भुर्तेल, आरिफ शेख र ललित राजवंशीलाई शनिबार प्लेयिङ ११ बाहिर राखेको थियो । 

दोस्रो एकदिवसीय क्रिकेट शृंखलाका दुई खेल नेपालले जितेको छ । तेस्रो खेल सोमबार हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार