मुख्य समाचार
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त |

सार्वजनिक सुनुवाई सम्पन्न

Ujyalosandeshonline 12457+ समाचार ( )
२६ वैशाख २०८१, बुधवार

परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको वडा नम्बर–२ को वडा कार्यालयले आर्थिक बर्ष  २०८०।०८१ मा भएको विकास निर्माण र सेवा प्रवाहको अवस्थाबारे वडास्तरीय सार्वजनिक सुनुवाई गरिएको हो ।

वडा नं. २ का अध्यक्ष जगदिश प्रसाद गुप्ताको अध्यक्षतामा सार्वजनिक सुनुवाई गरिएको छ । सो अवसरमा वडावासीले थुप्रै प्रश्नहरु उठाएका छन् । वडावासीले शुद्ध खानेपानी, हरपुर चोकमा प्रतिक्षालय, बजार क्षेत्रमा सार्वजनिक शौचालय, विद्युतिकरणका लागि पोल, सिंचाईं, मलखाद, वीउबिजनको सहज पहुँच हुन नसकेकोले त्यस तर्फ ध्यान दिन आग्रह गरेका छन् ।

सार्वजनिक सुनुवाई कार्यक्रममा वडाबासी गुलाम हुेसेन पठानले वडाका कर्मचारीहरुले मुस्कान सहितको सेवा दिन नसकेको गुनासो गर्नुभयो । कार्यक्रममा वडावासीले उठाएका कुराहरुलाई वडा अध्यक्ष जगदिश प्रसाद गुप्ताले सम्बोधन गर्नु भएको थियो । अध्यक्ष गुप्ताले गएको १० महिनामा वडाबाट भएगरेका कामको जानकारी दिनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सचिव गोविन्द प्रसाद गुप्ता, वडा सदस्य रामसजिवन गुप्ता लगायतले बोल्नु भएको थियो भने कार्यक्रमको सहजिकण सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जले गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै